झापामा सुरक्षाकर्मीसहित १० जनालाई कोरोना

0
725

झापा,

झापामा आज सुरक्षाकर्मीसहित १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ४ जना महिलासहित १० जना पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बिर्तामोड नगरपालिका–१, ५ र ८ नम्बर वडाका २२, ६०, ३५ र ४८ वर्षका २ महिला र २ जना पुरुष, अर्जुनधारा नगरपालिका–६ र ८ का २८ र ३३ वर्षका २ जना पुरुष रहेको बताए ।

त्यस्तै गौरादह नगरपालिका ५ नम्बर वडाका ४८ वर्षका १ जना पुरुष र कनकाई नगरपालिका–३ र ९ का ३४, ९० र ४७ वर्षका २ महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

उनीहरु मध्ये बिर्तामोडका १ जना सुरक्षाकर्मी इटहरी–२ का हुन् । अर्जुनधाराका १ जना विराटनगर स्थित कोशी अस्पताल र गौरादह नगरपालिकाका १ जना नोवेल अपतालमा स्वाबको नमुना संकलन गरिएको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८८० पुगेको छ । निको हुनेको संख्या ७८९ छ । सकृय संक्रमित ८३ जना छन् भने हालसम्म ८ जनाको मृत्यु भईसकेको छ । झापामा अहिलेसम्म २६ हजार ४ सय ८३ जनाको स्वाबको नमुना संकलन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here