दुर्घटनामा एकको मृत्यु

0
316

logo-of-purwanchal
बिर्तामोड, मंसीर २० । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा१च ६७०४ नम्बरको वोलेरोले ठक्कर दिँदा अन्दाजी ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने सवारीलाई प्रहरीले झापाको सुरुंगाबाट चालकसहित नियन्त्रणमा लिएको छ । मृतकको वतन भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here