मोरङ,
मोरङ मिक्लाजुङ– ४ बस्ने ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । शुक्रवार दिउसो सवाँ २ बजे प्र। नं। १(०१(००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाइ ठक्कर दिदा उनी गम्भीर घाईते भएका थिए । घाईते उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भनि चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।































