साथीको हत्या आरोपी लिम्बू कारागार चलान :: श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

0
1073

झापा, आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका शिवसताक्षी नगरपालिका ८ का मनकुमार लिम्बूलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले लिम्बूलाई लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने भित्री सडकखण्डको किनारमा आफ्नै साथी शिवसताक्षी ११ निवासी २९ बर्षीय गोमनसिंह मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
साथीको हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

उता झापाको गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या भएको तीन दिनपछि प्रहरीले भण्डारीका श्रीमान भीम वहादुर भण्डारीलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो ।


हत्या गरिएकी मनमायाको घाँटी , निधार र टाउकोमा चोट देखिएको छ । शव घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अवस्थामा फेला परेको थियो ।
घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यहरुलाई निगरानीमा राखेको थियो । गत सोमबार गौरादह १ मा घरमै रहेका वेला भण्डारीको बिभत्स हत्या भएको थियोे ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी हत्या गरिएको पाइएको थियोे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको बताउँदै आफूहरु हत्यारा नजिक पुगिसकेको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here