विराटनगरका सामुदायिक विद्यालयमा सुरु

0
1431

बिराटनगर,
विराटनगरका ३ वटा सामुदायिक विद्यालयले विद्यार्थीलाई प्रत्यक्ष कक्षामा पढाउँदै गरेका छन् । विराटनगर १३ मा रहेको बाल निम्न माध्यमिक, विराटनगर ११ मा रहेको जनपथ बिद्यालय र धरान रोडमा रहेको सत्यनारायण उच्च माविमा पढाई भईरहेको छ ।
सरकारले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति गराएर कक्षा सञ्चालनको अनुमति दिएको छैन । तर, सरकारी विद्यालयले नै सरकारको निर्णय उल्लंघन गरिरहेका छन् । समुदायस्तरमा कोरोना फैलिरहेको विराटनगर महानगरमा केहि सामुदायिक विद्यालयले कक्षा कोठामा नै विद्यार्थीहरु सामेल गराई पढाईरहेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम विद्यार्थीलाई सिकाई सहजीकरण गराउन थालिएको दावी गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here