रोटरी क्लब अफ मेचीनगरमा क्षेत्री

0
1094

तुलसीप्रसाद निरौला  , बिर्तामोड। झापाको धुलाबारीमा आयोजित कार्यक्रमका बीच रोटरी क्लब अफ मेचीनगर गठन गरिएको छ ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा स्पोन्सर गरिएको रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन भएका छन् ।

त्यस्तै रोटरी क्लब अफ मेचीनगरको प्रेसिडेन्ट इलेक्टमा अनन्त अवस्थी, प्रेसिडेन्ट नोमिनीमा सबिता भण्डारी, भाइस प्रेसिडेन्टमा कमल कोइराला, पब्लिक इमेज चेयरमा शर्मिला पाठक कट्टेल चयन भएका छन् ।

कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी , डिस्ट्रीक्ट ३२९२ द्वारा रोटरी क्लब अफ मेचीनगरका लागि नियुक्त एडभाइजर तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पास्ट प्रेसिडेन्ट शुभ कुमाइ पाठक , रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका आइपीपी शिवकुमार अग्रवाल , प्रेसिडेन्ट इलेक्ट दिपेन्द्र पोखरेल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा सहभागीहरु बीच रोटरीका बारेमा अन्तक्रिया समेत गरिएको थियो । अन्तक्रियामा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले सहभागीहरुलाई रोटरी र रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले गर्दै आएको कार्यहरुको वारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here