अनलाइन कक्षा सञ्चालनका लागि प्राध्यापकलाई तालिम

१७ आश्विन २०७७, शनिबार मा प्रकाशित

सावित्रा दाहाल , चारआली । 

त्रिदेव बहुमुखी क्याम्पस चारआलीको आयोजनामा अनलाइन कक्षा सञ्चालनका लागि प्राध्यापकहरुलाई पाँच दिने तालिम कार्यक्रम सञ्चालन भएको छ ।

 विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा त्रिदेव क्याम्पसको आईक्युएसी समितिको आयोजनामा क्याम्पसमा प्राध्यापनरत् २६ जना प्राध्यापक तथा कर्मचारीहरुलाई उक्त तालिम दिन शुरु गरिएको हो ।

नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम सबै शैक्षिक संस्थाहरुले अनिवार्यरुपमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने प्रावधानलाई कार्यान्वयन गर्न प्राध्यापकहरुलाई सहजीकरण गर्ने उद्देश्यले उक्त तालिम कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

 

सामाजिक विकास मन्त्रालय १ नं. प्रदेशका सहजकर्ता आइसीटी विज्ञ नारायणप्रसाद भट्टराईले सहजीकरण गरेको उक्त तालिमको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेले गरेका थिए ।

उनले तालिमले क्याम्पसको शैक्षिक उन्नयन र विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै बद्लिँदो परिस्थितिमा विद्यार्थीलाई अध्ययनमा सहजता ल्याउन तालिम उपयोगी हुने बताए ।

क्याम्पस प्रमुख माधव प्याकुरेलले स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै सबै प्राध्यापक तथा कर्मचारीलाई तालिममा सक्रिय सहभागीताको लागि अनुरोध गरे । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here