प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना

0
410

काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पोजेटिभ आएको हो ।

यसैगरी प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here