‘राजमुपा’ अर्जुनधाराको तेस्रो अधिवेशन सम्पन्न

0
409

अर्जुनधारा ।

राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अर्जुनधारा–८स्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनले राज खम्बूको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको बताइएको छ ।

त्यसैगरी नवगठित समितिको उपाध्यक्षद्वयमा तेजबहादुर योङहाङ र सोनीमाया कुरुम्बाङ, सचिवमा तिलबहादुर चेम्जोङ, उपसचिवमा सोमबहादुर राई र कोषाध्यक्षमा फूलमाया तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा खड्गबहादुर लावती, चन्द्रबहादुर राना मगर, भगिन्द्र नेम्बाङ, मनबहादुर एक्तेन, लालबहादुर अस्लामी, सीता लिम्बू र सुकवीर लिम्बूलाई सर्वसम्मत चयन भएका छन् ।

तेजबहादुर योङहाङको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष मीना पन्धाकले उद्घाटन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here