अप्राकृतिक मैथुन गरी बालकको हत्या

0
515

जनकपुरधाम,

धनुषाको धनुषाधाम नगरपालिका ७ किसानपुरमा अप्राकृतिक मैथुन (मलद्वारमा करणी) गरी ५ वर्षीय बालकको हत्या गरेको रहस्य खुलेको छ ।

शुक्रबार दिउँसो किसानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको शव घर नजिकैको कृषि इँटा उद्योग परिसरमा पात पतिङ्गरले छापिएको अवस्थामा फेला परेको थियो। शव फेला परेलगत्तै प्रहरीले अनुसन्धानका क्रममा सबैला नगरपालिका–७ मठिहनका २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गरेको छ।

‘पक्राउ परेका सदामाथि अनुसन्धान गर्दा उनले नै अप्राकृतिक मैथुन गरी बालकको हत्या गरेको खुलेको छ’, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले भने। उनका अनुसार ती बालकलाई एक दिन अगावै सदाले बिस्कुट र चकलेटको प्रलोभन देखाएर माछा मार्न आफूसँगै इटा उद्योगमा लगेका थिए।

उद्योगमै जमेको पानीमा माछा मार्ने क्रममै ती बालकमाथि अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी मिश्रले भने, ‘अप्राकृतिक मैथुन गर्दा बालक बेहोस् भए। त्यसपछि उनलाई कन्दनी (डोरा)ले घाँटी कसेर हत्या गरें।’ हत्या गरेर ती बालकलाई माछा मारेकै ठाउँमा पात पतिङ्गरले छोपेर राखेको अवस्थामा शव फेला परेको थियो।

पक्राउ परेका सदा हत्या गरिएका बालकका नाताले साला हुन्। उनीमाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया बढाएको डिएसपी मिश्रले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here