यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार पूर्वाञ्चलकर्मी लक्ष्मी उप्रेतीलाई

0
939

काँकरभिट्टा,

यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार पूर्वाञ्चलकर्मी एवम् प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ ।

नगद १० हजार १ सय ११ रुपैयाँ राशी सहित सम्मान पत्र शनिवार विर्तामोडमा सम्पन्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटा १ नम्बर प्रदेशको दशैं वार्षिक साधारण सभाका अवसरमा पत्रकार उप्रेतीलाई प्रमुख अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रदान गर्नुभएको थियो ।

विशिष्ट अतिथि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका केन्द्रिय महा सचिव सुधिर उपाध्यायले दोसल्ला र संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठले नगद प्रदान गर्नुभयो । सोहि अवसरमा संस्थाका संस्थापक अध्यक्ष हेमराज वास्तोला र अग्रज पर्यटन व्यवसायी मोहन निरौलालाई समेत दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि शिवाकोटीले हरेक पर्यटन व्यवसायीहरु व्यवसायीकारुपमा मात्र नभएर पर्यटकिय क्षेत्रको प्रवद्र्धन र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लायि व्यवसायीले समेत केही रकम विनियोजन गरे स्थानीय सरकार समेत बाकी रकम लगानी गर्न तयार रहेको बताउनुभयो ।

ट्राभल सञ्चालनका नाममा जहाजको टिकट बेचेरमात्र नहुने भन्दैं उहाँले स्थानीय ठाउँका पर्यटकियक्षेत्रको विकास गदैं पर्यटकलाई आर्कषित गर्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि शिवाकोटीले अहिले सरकार पर्यटनको विकासका लागि लगानी गर्न तयार रहेको भन्दैं यसमा साथ दिन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । पर्यटनकाक्षेत्रमा २० प्रतिशत व्यवसायीले लगानी गरे ८० प्रतिशत लगानी सरकारले स्वतःस्फूतममा गर्ने उहाँको भनाई थियो ।

अब १ नम्बर प्रदेशका पर्यटन व्यवसायीहरुले केवलकार पर्यटक बस सञ्चालनको तयारी गर्नुपर्ने र स्थानीय सरकारका हैसियतमा सरकारले गर्ने सहयोग र समन्वय सवै हुने उहाँको तर्क थियो । पर्यटनकाक्षेत्रमा लगानी नगर्ने कुनै हालतमा पर्यटन व्यवसायी बन्न नसक्ने भन्दैं उहाँले आफुले कमाएको केही रकम त्यसक्षेत्रमा खर्च गर्न लाग्नुपर्ने बताउनुभयो ।

नाममात्रैका पर्यटन व्यवसायीहरुले पर्यटकीयक्षेत्रको सुधार नहुने उहााको भनाई छ । सवैभन्दा पहिला आफु सम्बद्धक्षेत्रमा आफैले लगानी गर्नुपर्नेमा जोड दिदैं नगरप्रमुख शिवाकोटीले लगानी नगरी नाफा खोज्ने र पर्यटन व्यवसायी बने कागतमा मात्र सिमित हुने दावी गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गदैं संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका केन्द्रिय महा सचिव सुधिर उपाध्याय, केन्द्रीय सदस्य डेन्डी शेर्पा, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ पर्यटन समिति संयोजक तथा हानका प्रदेश सदस्य भवेशकुमार श्रेष्ठ, बाटाका अध्यक्ष फणिन्द्र अधिकारी, होटल एशोसिएशन नेपालका केन्द्रिय सदस्य राजन श्रेष्ठ, क्यान झापाका अध्यक्ष एवम् शिक्षासेवी सुमन शर्मा जमरकटट्ेललगायतले बोल्नुभएको थियो ।

उहाँहरुले हरेक पर्यटन व्यवासायीबीच समधुर सम्बन्ध रहनुपर्ने बताउनुभएको थियो । प्रदेश नम्बर १ पर्यटनका हिसावले निक्कै सम्भावना बोकेको प्रदेश भएकाले यसलाई अवसरका रुपमा लिएर १ नम्बर प्रदेशका हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा लाग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । १ नम्बर प्रदशेका विभिन्न ठाउँमा रहेका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुग्न पर्यटकलाई केही समस्या भएकाले तिनको पहिचान गरी समाधानतर्फ लाग्न समेत सहभागीहरुले जोड दिएका थिए । केवलकार पर्यटक बसको व्यवस्थापनमा अब नाटा लाग्नुपर्ने उहाँहरुको भनाई थियो ।

संस्थाका महासचिव नवीन खरेलले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई संस्थाका सचिव पुण्य भट्टराईले स्वागत गर्नुभएको थियो । साधारण सभाको बनद सत्रले आगामी दुई वर्षका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश नम्बर १ को अध्यक्षमा उदयकुमार श्रेष्ठलाई चयन गरेको । श्रेष्ठ निर्विरोध नाट्टा प्रदेशको १ अध्यक्षमा चयन भएका हुन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सीना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडल, कोषाध्यक्षमा संजीत तामाङ्, सदस्यहरुमा मोहन सिलवाल, जीवन पराजुली,धर्मराज शिवाकोटी र चक्र बहादुर कार्की चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here