धुलौटे बाटो धमाधम कालोपत्रे

0
773

असोज।

झापा गाउँपालिकामा एक पछि अर्काे गर्दै धुलौटे सडक कालोपत्रे हुँदै गएका छन् ।

गाउँपालिकाले सडक कालोपत्रे गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि धुलौटे सडक कालोपत्रे हुँदै गएका हुन् । प्रत्येक वडामा एउटा सडक अनिवार्य कालोपत्रे गर्ने अभियान अन्तगत झापा गाउँपालिका वडा नम्बर–६ शरणामती बजारसँग जोडिएको अमरपथ मार्गलाई मदरगाछीस्थित दयालधामको लक्ष्मी मार्गसँग जोड्ने बाटोको कालोपत्र निर्माण कार्य सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष जयनारायण साहका अनुसार झापा गाउँपालिका वडा नम्बर ६ शरणामती र वडा नम्बर ७ मदरगाछीका स्थानीय जनताहरुले धेरै पहिलादेखि दैनिक रुपमा गरिने आवत जावतमा स–साना खोलाहरुका कारणले र बाटोको अव्यवस्थित व्यवस्थापनका कारणले निक्कै समस्याहरु झेल्दै आएकाले सडक कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रे भएसँगै स्वास्थ्य, शिक्षा र दैनिक रुपमा आइपर्ने काममा अनेकौं समस्याहरु झेल्दै आएका स्थानीयलाई राहत हुने अध्यक्ष साहको भनाइ छ । २ करोड २२ लाख रुपैयाँको लागतमा बनिएको उक्त सडक २ हजार ९ सय ९४ मिटर लम्वाइको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here