ब्लड क्यान्सरसंग जुधिरहेका सात वर्षीय हृदमको उपचारमा आर्थिक अभाव

0
598

झापा ।

सानै उमेरमा आफ्नो छोराले यति धेरै पिडा सहनुपर्छ भनेर सोचेका थिएनन् ताप्लेजुङको सिदिङ्वा गाउँपालिका स्थित मेहेलेका बुबा रिजन बस्नेत र आमा जुना बस्नेतले ।

आफ्ना बालबच्चा स्वस्थ हुन्, उनीहरुलाई पिडा नहोस भन्ने हरेक अविभावकको ईच्छा हुन्छ र दिनरात तिनै बालबच्चाको भविष्य सम्झेर रगत र पसिनासंग जुधिरहेका हुन्छन् ।

तर उमेरले ७ वर्ष नपुग्दै छोरा हृदम ब्लड क्यान्सरसंग जुधिरहँदा रिजनलाई मन भरि पिडा छ । नसोचेको रोगले सिभिल अस्पतालमा आफ्नो छोरा छट्पटिदा उनी मात्रै होईन, परिवार नै पिरलोमा परेको छ । विगत ६ महिनादेखि उपचाररत छोराको ज्यान बचाउन बस्नेतले कमाएको सम्पत्ति सकियो र अहिले ऋण थपिदै गएको छ ।

काठमाण्डौं स्थित सिभिल हस्पिटलमा उपचाररत् रिदमको पूर्ण उपचारका लागि अझै ४–५ महिना अस्पताले मै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् । बालकलाई बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने र त्यसको खर्च आफूले धान्न नसक्ने भएपछि बुबा रिजनले सहयोगको अपेक्षा गरेका छन् । बस्नेतले भने– सहयोगि दाताहरुको सहयोगले नै मेरो सानो छोराले नयाँ जीवन पाँउने आशा गरेको छु ।

उनले आफ्नो छोराको ज्यान बचाईदिन सबै आफन्त एवम सहयोगी मनहरु संग अनुरोध गरेकाछन् । ठूलो रकम लाग्ने भएकाले र आफ्नो आर्थिक अवस्था कमजोर बनेकाले देश तथा विदेशमा रहेका नेपाली दाजुभाईलाई सहयोग गरिदिन उनले अनुरोध गरेका हुन् ।

उनले सहयोगका लागि एनएमबी बैंकमा रहेको आफ्नो खाता नम्बर १७२०१२५५७९४०००१६ मा सहयोग रकम जम्मा गरिदिनुहुन अनुरोध गरेका छन् ।

सहयोग गर्न चाहाने महानुभावले आवश्यक परे ९८२४०९९५६४ र ९८१७०४८९१५ मा समेत सम्पर्क गर्न सकिने उनले बताए । वैदेशिक रोजगारमा रहेका रिजन छोराको बोन म्यारो प्रत्यारोपण गर्नकै लागि काठमाण्डौं आएको विनोद बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here