प्रधानसम्पादक गिरीद्धारा जन्मोत्सवमा झापा नाटक घरलाई सहयोग

0
777

तुलसीप्रसाद निरौला ,विर्तामोड  ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीले रकम प्रदान गरेका छन् ।

वीरता जेसीजको आयोजनामा निर्माणाधिन झापा नाटक घर परिसरमा आयोजित कार्यक्रममा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियान अन्तर्गत आफ्नो जन्मोत्सवको अवसर पारेर प्रधानसम्पादक गिरीले झापा नाटक घर निर्माणका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका हुन् ।

 

वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको अध्यक्षता तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष , पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक , वीरता जेसीजका पूर्व अध्यक्ष , नेपाल जेसीजका निवर्तमान राष्ट्रिय तालिम आयुक्त समेत रहेका गिरीले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराई, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

 

रकम हस्तान्तरण गर्दै प्रधानसम्पादक गिरीले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाका सबै संघ–संस्थाहरुलाई उत्प्रेरणामुलक सन्देश दिने उद्देश्यले एक व्यक्ति एक इँटा समर्पण अभियानमा सहयोग पुर्याउन रकम प्रदान गरेकोे बताए ।

पछिल्लो समय जन्मदिन , विवाह वर्षगाठ लगायतमा फजुल खर्च गर्ने प्रवृत्ति वढ्दै गएकोले त्यसलाई निरुत्साहित गर्न सामाजिक उत्तरदायित्व अन्र्तगत आफूले रकम प्रदान गरेको उनले बताए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराईले पत्रकार गिरीले झैं अरुले पनि यसप्रकारको कार्य गरे झापा नाटकघर निर्माणमा ठूलो सहयोग मिल्ने बताए ।

त्यस्तै झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले े पत्रकार गिरीले गरेको कार्यले झापाबासीको मन छोएमा मात्र पनि झापा नाटक घर निर्माणका लागि एक व्यक्ति एक इँटा प्रदान गर्दा करिव १० लाख इँटा संकलन हुने र एक लाख इँटा भवन निर्माणमा प्रयोग भए बाँकी ९ लाख इँटालाई रकममा रूपान्तरण गरेर अन्य कार्य गरिने वताए । एक व्यक्ति एक इँटा समर्पण अभियानबाट हालसम्म २० लाख रुपैयाँ भन्दा वढी संकलन भएको र त्यस रकमबाट आवश्यक जमिन खरिद गरिने उनले बताए ।

सोही कार्यक्रममा एक व्यक्ति एक इँटा समर्पण अभियान अन्र्तगत वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विशाल थापाले चार हजार , वीरता जेसीजका महासचिव विकास वस्नेतले तीन हजार , वीरता जेसीजका सदस्य प्रविन खड्काले तीन हजार रुपैयाँ झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराई, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र निरौलाकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर गत असार ११ गते निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणको ४० प्रतिशत कार्य सकिएको जानकारी दिए ।

दुई करोड ५० लाख रुपैयाँको लागतमा एक वर्ष अगाडि निर्माण कार्यको थालनी गरिएको झापा नाटक घरको निर्माण सकेर बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयको निर्माण थालनी गरिने उनले वताए ।

बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयको लागि बहुवर्षे गुरुयोजनामा निर्माण हुनेगरी डीपीआर तयार गर्ने कार्य भइरहेको उनले वताए ।

सवैको साथ र सहयोगविना बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले धनी, गरीव सवैले मेरो झापा नाटक घर भनेर गर्व गर्न लायक बनाउन एक व्यक्ति एक इँटा समर्पण अभियान शुरु गरिएको र अभियान अन्र्तगत इँटा र इँटा वरावरको रकम प्रदान गर्नेको संख्यामा वृद्धि भएको उनले वताए ।

उनले झापा नाटक घर निर्माण गर्न आर्थिक वर्ष २०७७ /०७८ का लागि जग्गादाता मनोज निरौलाको अध्यक्षतामा ११ सदस्यीय झापा नाटक घर निर्माण उपभोक्ता समिति र नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षतामा तीन सदस्यीय झापा नाटक घर निर्माण अनुगमन समिति गठन गरिएको बताए ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विशाल थापाले प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माणले झापालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकाले आफूहरुले सहयोग गरेको बताए ।

 

कार्यक्रममा झापा नाटक घर निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष हरि भण्डारी , कोषाध्यक्ष मुना प्रसाईं , सदस्यहरु माधव सिटौला , माया सिटौला , गजेन्द्र पृथक , वीरता जेसीजका महासचिव विकास वस्नेत , सदस्य जनक खड्का , साहित्यकार भगवति ढुंगेल , नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे , पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी , पूर्वाञ्चल डेली डटकमका समाचार संयोजक नरेन्द्र ढकाल लगायतले पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here