विश्वमा एकै दिन थपिए झण्डै साढे २ लाख संक्रमित थपिए

0
623

काठमाडौं,

पछिल्लो २४ घण्टामा विश्वभर झण्डै साढे २ लाख नयाँ संक्रमित थपिएका छन्।

भारतमा ७४ हजार ७ सय, अमेरिकामा ३२ हजार, फ्रान्समा साढे १२ हजार, रसियामा साढे १० हजार तथा ब्राजिलमा साढे ८ हजार संक्रमित थपिएका छन्। यस्तै बेलायतमा ८ हजार, अर्जेन्टिनामा साढे ७ हजार तथा कोलम्बियामा झण्डै ७ हजार नयाँ संक्रमित थपिएका छन्।

योसहित विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ३ करोड ५३ लाख ८५ हजार पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ४ हजार संक्रमितको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा ९ सय २, मेक्सिकोमा ३ सय ८८, ब्रजिलमा ३ सय ६४ तथा अमेरिकामा ३२७ जनाको मृत्यु भएको छ।

यसैगरी अर्जेन्टिनामा २ सय २३, इरानमा २ सय ११ तथा कोलम्बियामा १५६ जनाको मृत्यु भएको छ। योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार पुगेको छ। विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या २ करोड ६६ लाख पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here