टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

0
1041

मोरङ।

मोरङको सुनवर्सी–२ का २० बर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सुनवर्सी अमरदह बजार स्थित भित्री सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक खत्वे गम्भिर घाईते भएका थिए ।

घाईते खत्वेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टेम्पो र टेम्पो चालक सुनवर्सी–९ डायनियाका ३८ बर्षीय मोहमद महफिललार्इ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here