बिर्तामोडमा गोल्डस्टार जुत्ताको शोरुम

0
2694

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

किरण सुज म्यानुफ्याक्चरर्स काठमाडौंको उत्कृष्ट उत्पादन तथा नेपालको सबैभन्दा बढी ख्याति प्राप्त जुत्ता गोल्डस्टार जुत्ता अव झापाको बिर्तामोडमा नै उपलव्ध भएको छ ।

बिर्तामोडको मुक्तिचोकभन्दा दुईसय मिटर पूर्व काँकरभिट्टा रोडमा आइतवारबाट गोल्डस्टार जुत्ताको शोरुम सञ्चालनमा ल्याइएको हो ।
विगत २८ वर्षदेखि विर्तामोड –५ काँकरभिट्टा रोडमा पाथीभरा होटल सञ्चालन गर्दै आएका रवीन कार्कीले सोही स्थानमा गोल्डस्टार जुत्ताको शोरुम सञ्चालनमा ल्याएका हुन् । कार्कीले ६० लाख रुपैयाँको लागतमा आरके इन्टरप्राइजेजको फर्मबाट गोल्डस्टार जुत्ताको शोरुम सञ्चालनमा ल्याएका हुन् ।

बिर्तामोडमा गोल्डस्टार कम्पनिको मात्र जुत्ता बेच्ने शोरुम नभएकाले कम्पनीको आधिकारिक बिक्रेता भई गोल्डस्टार जुत्ताको शोरुम सञ्चालनमा ल्याइएको गोल्डस्टार शोरुम सञ्चालक रवीन कार्कीले जानकारी दिए ।

 

 

उनले बिर्तामोडको गोल्डस्टार शोरुम आर के इन्टरप्राइजेजमा ट्रेन्ड, स्पिरिट, क्लासिक, जी १० सिरिज, ब्याचमेट, फेमिनाइन लगायतका लेडिज, जेन्स गरेर बालकदेखि बृद्धसम्म सबैलाई उपयुक्त हुने ८०–९० प्रकारका डिजाइनका गोल्डस्टारका जुत्ता पाइने बताए ।

गोल्डस्टारका १५० प्रकारका डिजाइन रहेकाले हाललाई चाडपर्वलाई लक्षित गरी ग्राहकलाई एउटै छानामुनि गोल्डस्टार कम्पनिका ८०–९० प्रकारका डिजाइनका जुत्ता उपलव्ध गराउने उद्धेश्यले गोल्डस्टार शोरुम सञ्चालनमा ल्याइएको उनले बताए ।

गोल्डस्टार शोरुममा गोल्डस्टार जुत्ता सात सय रुपैयाँदेखि दुई हजार पाँच सय रुपैयाँसम्म र चप्पलको तीन सय रुपेयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म विक्री गरिने उनले बताए ।

 

 

गोल्डस्टार जुत्ताको माग तथा आकर्षण नेपाली प्रयोगकर्ताहरूमा चरममा रहेको र सस्तो, टिकाउ र गुणस्तरीय भएकाले गोल्डस्टार जुत्ताको माग बढ्दो रहेको उनले बताए ।

गोल्डस्टार शोरुम सञ्चालनका लागि श्रीमती ललिता कार्की , छोरा रुसल कार्कीले समेत साथ दिएको बताउँदै कार्कीले गोल्डस्टार शोरुममा आएर गोल्डस्टार जुत्ता , चप्पल प्रयोग गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिन ग्राहकहरुलाई आग्रह गरे ।

आइतवारबाट सञ्चालनमा आएको गोल्डस्टार शोरुममा आएका एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेश पोखरेल, बैंकका कर्जा असुली विभाग प्रमुख पंकज घिमिरे, व्यवसायी कुमार थापा लगायतले समेत गोल्डस्टार जुत्ता उपयोगी भएको प्रतिकृया दिँदै सवैलाई गोल्डस्टार जुत्ता प्रयोग गर्न सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here