बिर्तामोड र धरानका दुई जनाको कोरोनाका कारण मृत्यु

0
739

झापा ।

कोरोना भाइरसको संक्रमणका कारण झापा र सुनसरीका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोडका एकजना बृद्ध रहेका छन् । उपचारका लागि विराटनगरको नोवेल हस्पिटल विराटनगर लगिएका बिर्तामोड नगरपालिका–५ का ८३ वर्षिय बृद्धको मृत्यु भएको हो ।

ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ती बृद्धको असोज १८ गते त्यही स्वाब संकलन गरिएको थियो । गयराती ११ बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । मृत्यु भएपछि ती बृद्धमा संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।

उता सुनसरीको धारान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here