बिर्तामोड प्रहरीद्धारा तीन लाख बढीका भन्सार छलिको सामान बरामद

0
1347

बिर्तामोड ।

चाडपर्व नजिकिएसंगै भन्सार छलिका सामान नेपाल भित्र्ने क्रमबढ्ने भन्दै इलाका प्रहरी कार्यालय अनारमनीले तस्कर विरुद्ध कडा निगरानी शुरु गरेको छ । भारतीय बजारका विभिन्न नाकाहरु हुदैं भन्सार छलि गरेर बिर्तामोडका विभिन्न स्थानमा ल्याए विक्रि वितरण हुने सूचना लगत्तै प्रहरी निगरानी बढाएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बिर्तामोड, अर्जुनधारा लगायतका विभिन्न स्थानबाट भन्सार छलिका तीन लाखबढीको समान बरामद गरेको जानकारी दिए । उनले भने–कोरोना भाइरसका कारण प्रहरीको ध्यान तस्कर तिर पुग्दै भन्दै अवैध रुपमा सामान ल्याउन सक्ने तर्फ प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले दुई लाख ५२ हजार मूल्य बराबरको रेड बुल बरामद गरेको छ । त्यस्तै ४८ हजार मूल्य बराबरको ४० किलो काजु, ३४ हजार मूल्य बराबरका ३४ जोर जुत्ता, १८ हजार मूल्य बराबरको ३६ पिस जाली, १३ हजार मूल्य बराबरको ४७ प्याकेट कलको जिब्रि, ६ हजार सात सय २० रुपैंया बराबरको कलको वासर बरामद गरेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

विभिन्न समयमा तीन लाख ७१ हजार सात सय २० रुपैंया बराबरको सामान बराबद गरेर मेची भन्सार कार्यालय कांकरभिट्टामा आज बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि पनि लाखैं मूल्य बराबरका सामन बरामद गरेर भन्सार बुझाई सकेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले अवैध रुपमा हुने तस्करी, चोरी, लागूऔषध कारोबार लगायतका अपराध नियन्त्रणका लागि सक्रिय भएको बताइएको छ । चाडपर्वमा हुन सक्ने चोरीका घटना प्रति सचेत बन्न र शंकास्पद गतिविध भए तत्काल प्रहरीमा खबर गर्न डीएसपी रिजालले सबैसंग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here