झापामा खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ

0
801

झापा।

झापाको दमक–९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छिन् ।

उनलाई आज ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसरी लागूऔषध सहित पक्राउ परेकी रुपा उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानूनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाउको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here