नोबेल मेडिकल र बीपी कोइरालामा आज तीन जना कोरोना संक्रमितको मृत्यु

0
1096

झापा ।

मोरङको विराटनगर स्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको कानेपोखरी र रतुवामाईका संक्रमितको मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको दाहालले जानकारी दिनुभयो । सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनको स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।

ब्लड क्यान्सर पीडित रहेका उनमा कोरोना देखिएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । भेन्टिलेटरमा राखेर थप उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युु भएको छ। असोज १३ गते नोबेलमा भर्ना भएका पुरुषको पीसीआर परीक्षण गराउँदा १४ गते पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

मधुमेहको बिरामी रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको अस्पतालले जनाएको छ । उनको आईसियुमा राखेर उपचार भैरहेकोमा मृत्यु भएको हो ।

उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनुभएको छ ।

मृतकमा मधुमेह र मुटु सम्बन्धी समस्या थियो । ज्वरोलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पताल भर्ना गरिउका उनलाई असोज १२ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here