स्कुटर दुर्घटना हुँदा पछाडी सवार एक जनाको मृत्यु

0
685

सुनसरी ।

सुनसरीको धरान–१४ का २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

आज विहान धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए ।

घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मिनि ट्याक्टर र चालक तुलसी बिक नियन्त्रणमा रहेको साथै स्कुटर चालक सुस्मन मैनाली सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here