झापामा ९ वटा मात्रै आइसीयु वेड, प्रदेश सरकारद्धारा सचेतना शुरु

0
485

नरेन्द्र ढकाल / झापा। 

नागरिककै हेल्चेक्र्याइँका कारण झापासहित देशभर कोरोनाको संक्रमण फैल्दै गएको छ । सरकारले स्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै हिडडुल गर्न आग्रह गरेपनि नागरिकले समान्य स्वास्थ्य सुरक्षा अपनाएको पाईदैन् ।

चाडपर्व नजिकिएसंगै झापामा शहरी क्षेत्रहरु बिर्तामोड, भद्रपुर, दमक, कांकरभिट्टा, सुरुङ्गा, चारआली,बुधबारे लगायतका क्षेत्रमा मानिसको चहलपहल बढेको छ । तर, नागरिकले समान्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको नपाईको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख इश्वरी पौडेललेले बताए । नागरिकले स्वास्थ्यको पालना नगर्दा समुदायमा संक्रमण फैल्ने जोखिम झनै बढेर गरेको छ । झापामा समुदायमा कोरोना फैलिसकेको छ ।

नेपालमा कोरोनाको संक्रमण फैलिएपछि सरकारले गत वर्षको चैत ११ गतेबाट गरिक चार महिना लकडाउन गरेको थियो । शुरुवाती अवस्थामा झापामा सबैले स्वास्थ्यको मापदण्ड पालना गरेपनि अहिले आएर कोरोना केहि होइन भन्दै स्वास्थ्यको मापदण्ड पालना नगर्दा जोखिम बढेको चिकित्सकहरुको भनाई छ ।

सरकारले भिडभाड नगर्न पटक–पटक आग्रह गरेपनि नागरिकले अटेर गर्दा समस्या भयावह हुन सक्ने तर्फ चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् । २५ जनाभन्दा बढी भेला नहुन गृहमन्त्रालयले निर्देशन नै दिएपनि उक्त निर्देशन लागु हुन सकेन् । सरकारले लकडाउन खुल्ला गरेरसंगै बजारमा मानिसको भिडभाड बढ्नु, पसलहरुमा हातधुने साबुन पानीको ब्यवस्था नहुनु, भौतिक दुरी कायम नहुनु, मास्कको प्रयोग पनि लापरबाही तरिकाले गर्नुले जोखिम बढेर गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलको भनाई छ । उनका अनुसार मेची प्रदेशिक अस्पतालमा दुई वटा आईसीयु, दमक अस्पतालमा दुई वटा आईसीयु मात्रै रहेका छन् । सरकारी अस्पतालमा जम्मा चार वटा मात्रै वेर्ड भएका आइसीयु रहेको छ । स्वास्थ्य कार्यालयले कुनै जटिल अवस्था आएर कोरोना संक्रमितलाई आइसीयुमा राख्नुपर्ने अवस्था आएमा बिर्तामोड स्थित बीएण्डसी हस्पिटलसंग पाँच वेड आईसीयुको संम्झौता गरेको प्रमुख पौडेलले जानकारी दिए । झापामा कोरोना संक्रमित मध्ये आईसीयुमा राख्नुपर्ने अवस्थाका विरामी भएमा ९ जनालाई मात्रै उपचार गर्न सकिने र अन्यलाई विराटनगर वा धरान रेफर गर्नुपर्ने अवस्था आउने प्रमुख पौडेलको भनाई छ ।

हालसम्म झापाका कुनै पनि कोरोना संक्रमित बिरामीलाई आईसीयुमा राख्नुपर्ने अवस्था नआएपनि भोली जटिल परिवेश भएमा समस्या निम्त्ने खतरा भने कायमै रहेको चिकित्सकहरुको भनाई छ । झापामा ९ वटा मात्रै आईसीयु रहेको भन्दै संक्रिय संक्रमितको संख्या बढेमा प्रदेश सरकारसंग थप सुविधाका लागि माग गर्ने बताइएको छ । पूर्वाञ्चलकर्मीसंग कुरा गर्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले भने– हालसम्म कसैलाई आईसीयुमा राख्नु परेको छैन्, भोली समस्या आएमा तत्काल सामाजिक विकास मन्त्रालयसंग समन्व्य गरेर अघि बढ्ने छौं ।

देशभर कोरोना संक्रमितको संख्या बढी रहेपनि झापामा कसरी अघि बढ्ने भन्ने विषयमा स्वास्थ्य कार्यालय अझै अलमलमा परेको पाइएको छ । सरकारको निर्देशन अनुसार काम गर्नु पर्ने भएकाले अब के गर्ने भनेर निर्देशन आएपछि मात्रै भन्न सकिने प्रमुख पौडेलले बताए ।

प्रदेश सरकार र स्वास्थ्य कार्यालयको आग्रहमा झापाका स्थानीय तहहरुले २९ वटा आइसोलेसन सेन्टर बनाएका छन् । जसमा एक सय ७४ वटा वेड, वारेन्टाइन एक हजार तीन सय ९४ वेड र २८ वटा होटलमा एक हजार दुई सय होटल क्वारेन्टाइन तयारी अवस्थामा रहेको निमित्त प्रमुख पौडेलले जानकारी दिए । कोरोना संक्रमित मध्ये केहि ब्यक्ति अपस्पतालमा रहेको र अधिकांश होम आईसोलेसनमा रहेका छन् । मंगलबार मात्रै झापामा १९ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म झापामा ९ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ सय ३९ जनाले कोरोना जितेका छन् । झापामा हाल एक सय पाँच जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । संक्रिय संक्रमित मध्ये अधिकांशको स्वास्थय अवस्थामा समान्य रहेको होम आइसोलेसनमा रहेको उनको भनाई छ ।

यसैबीच प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस फैल्न नदिन विभिन्न जनचेतना मुलक कार्यक्रम अघि बढाउने भएको छ । त्यसका लाई झापाका १५ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्रिहरु पठाइएको बताइएको छ । स्वयमसेवकको परिचालन गरेर आफ्नो स्थानीय तहमा स्वास्थ्य सुरक्षा अप्नाउन पालना गर्नुपर्ने नियमका विषयमा स्वयमसेवकहरुले जानकारी गराउने बताइएको छ । एक स्वयमसेवकले ५० घरमा स्वास्थ्य सम्बन्धि जानकारी गराउनुपर्ने बताइएको छ । कोरोनाको संक्रमणका कारण झापामा मात्रै हालसम्म १० जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here