सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

0
901

बिर्तामोड ।

झापाको वुद्धशान्ति –२ जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षतामा वसेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको वैठकमा विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक करुणकुमार पराजुलीले सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने सामाजिक परिक्षण समितिका अध्यक्ष वालचन्द्र सुवेदी र सदस्य गोपालकृष्ण खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वैठकमा आर्थिक वर्ष २०७६÷०७७ को आय व्यय दुई करोड २७ लाख ६४ हजार सात सय ९१ रुपैयाँ अनुमोदन गरिएको थियो भने चालु आर्थिक वर्ष २०७७÷०७८को आय व्यय तीन करोड ६६ लाख ८७ हजार रुपैयाँ अनुमोदन गरिएको थियो ।

शिक्षक हरिभक्त दाहालले स्वागत गरेको वैठकमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सीता ओली , विष्णुप्रसाद पोखरेल , प्रभा भट्टराई, शिक्षक अभिभावक संघका सदस्यहरु मोहन आचार्य , रेणुका भुर्तेल , तारादेवी अधिकारी , देवीप्रसाद आचार्यको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here