वनमा आदिवासीका संस्कृतिको संरक्षण गर्न माग

0
1098

बिर्तामोड।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) ले वनमा महिलाको स्वामित्व बढाउनुका साथै आदिवासीहरुको सांस्कृतिक पहिचानको जगेर्ना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा मंगलबार एक दिने प्राकृतिक स्रोतसाधनको प्रयोग र यसमा भएका समस्याहरुका बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दै झापाका आदिवासी महिलाहरुको संस्कृति परम्परालाई कसरी जगेर्ना गर्न सकिन्छ भनेर अन्तरक्रिया गरिएको हो । भूमि र प्राकृतिक स्रोतसाधनको प्रयोगमा आदिवासी जनजातिहरुको पहुँच पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा उनीहरुका समस्या र सुझावहरु संकलन गरिएको थियो ।

जिल्लाभरका विभिन्न स्थानीय तहबाट उपस्थित सहभागीहरुले आफ्ना जातीय र सांस्कृतिक परम्परा बचाउन वनले ठूलो भूमिका निर्वाह गरे पनि पछिल्लो समय त्यो हुन नसकेको प्रतिक्रिया दिएका थिए । उनीहरुले सिरुवा पर्वका अवसरमा शिकार खेलिने सांस्कृतिक परम्परा भए पनि कानूनले त्यो नदिएका कारण सरकारी तवरबाट कुनै बिकल्प दिनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समय वन क्षेत्र घटेको प्रति चिन्ता व्यक्त गर्दै सहभागीहरुले जंगलबाट प्राप्त हुने जडीबुटीमा निर्भर आदिबासी समुदायमा असर परेको बताए । उनीहरुले पूजापाठमा समेत प्रयोग हुने हर्राे, बर्राे र अमला वनमा पाउन छोडेकोले यसको र यो जस्तै अन्य औषधियगुण भएका वस्तुको संरक्षणमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताए ।

बिभिन्न ढोल, ढ्याङ्ग्रा, मादल, ओख्ली आदिका लागि आवश्यक पर्ने काठको सहजताका लागि समेत उनीहरुले आवाज उठाएका छन् । योसँगै त्यसका लागि आवश्यक पर्ने छाला लगायतका चिजमा पनि सरकारले ध्यान दिन सके आदिबासी जनजाति संस्कृति जोगाउन सहज हुने उनीहरुको तर्क थियो । कार्यक्रममा महासंघकी महासचिव जुनिता राई, सचिव मञ्जु धिमाल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेले वन सम्बन्धी नियम र कानूनका बारेमा जानकारी दिएका थिए । उनले आदिवासीका विषयमा प्रदेश सरकासँग पहल गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here