सिम्रिक साकोसको अध्यक्षमा सुवास भट्टराई

0
948

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको संस्थाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन कार्यक्रममा अध्यक्ष पदका लागि हालका सचिव सुवास भट्टराईको मात्र उम्मेदवारी परेपछि आगामी चार वर्षे कार्यकालका लागि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थामा चार जना पदाधिकारी तथा पाँच जना सञ्चालक सदस्य एवम् तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको आगामी चार वर्षे कार्यकालका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

सहकारी ऐन २०७४ को भावना बमोजिम यही कात्तिक १ गतेदेखि सहकारी संस्थाको सञ्चालक समितिमा रहेका व्यक्तिले कार्यकारी प्रमुखको भूमिकामा रहन नमिल्ने भएपछि हालका अध्यक्ष कमलबहादुर बस्नेतले अध्यक्षमा उम्मेदवारी नदिएपछि अध्यक्ष पदमा भट्टराईको मात्र उम्मेदवारी परेको थियो ।

संस्थाको अध्यक्षमा चयन भएका भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका महासचिव, नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडका अध्यक्ष, झापा गोल्डकपका उपाध्यक्ष नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखा सदस्यलगायत विभिन्न संघ–संस्थाको नेतृत्वदायी भूमिकामा छन् । संस्थाको अध्यक्षमा चयन भएसंगै भट्टराईले संस्थालाई झापाकै नमूना सहकारी संस्था वनाउने वताए ।

त्यस्तै संस्थाको उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की, निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा कपुरीको र सचिवमा कार्कीको मात्र उम्मेदवारी परेको थियो । कोषाध्यक्षमा हरिप्रसाद कडरिया, मेहरमान विष्ट र टंककुमार (प्रकाश) बस्नेतको उम्मेदवारी परेकोमा कडरिया र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि कोषाध्यक्षमा मेहरमान विष्ट निर्वाचित भएका छन् ।

त्यसैगरी संस्थाको पाँच जना सञ्चालक सदस्यहरुमा प्रकाश भट्टराई, शशिकला मुखिया, चन्द्रकला भट्टराई सुवेदी, लीला अधिकारी मुखिया र नविन योगी (जोगी) निर्विरोध निर्वाचित भएका छन् । पाँच जना सञ्चालक सदस्य पदका लागि उनीहरुको मात्र उम्मेदवारी परेको थियो ।

त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा रमेश अधिकारी सदस्यहरु मीनप्रसाद गुरागाईं र ओमराज राई चयन भएका छन् । उनीहरु यसअघि सोही पदमा थिए । तीन जना लेखा सुपरीवेक्षण समितिमा पनि उनीहरु तीन जनाको मात्र उम्मेदवारी परेको थियो ।

सिम्रिक सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको काम कारबाहीहरु नीति, विधि अनुसार भए नभएको हेर्न आन्तरिक नियमन गर्ने जिम्मेवारी पुनः पुरानै समितिले जिम्मेवारी पाएको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले बताए ।

उनले नयाँ कार्यसमितिले पदभार ग्रहण गरेसंगै आफू संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर सेवा गर्ने बताए ।
संस्थाको चार जना पदाधिकारी तथा पाँच जना सञ्चालक सदस्य एवम् तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको आगामी चार वर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न गर्न बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिका पदाधिकारीहरुमा नरबहादुर बस्नेत र मैयाँ लामिछाने रहेका छन् ।

नयाँ कार्यसमितिले आगामी असोज ३० गते हुने संस्थाको वार्षिक साधारणसभामा शपथ ग्रहणसहित पदभार ग्रहण गर्ने बताइएको छ । संस्थाको झापा जिल्लासहित इलामको माई नगरपालिकामा कार्यक्षेत्र रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here