कफीका पारखीका लागि बिर्तामोडमा फायर उड वेकर्स क्याफे सञ्चालनमा

0
1131

झापा ।

झापामा कफीका पारखी कमै छन् । तर, चियाको चुस्कीमा रमाउने धेरैछन् । बिहान सबैरे उठेदेखि राती अबेर सुत्दा सम्म चिया नखाई नसक्नेको संख्यामा धेरै छ ।

त्यही तुलनामा कफीका पारखी संख्यामा गन्न सक्ने अवस्थामा छ । अझ कफीका पारखीका लागि अझै पनि आफुले खोजेको कफी पाँउन हम्मे हम्मे छ । कफी पिउने क्रेज विस्तारै बढेसंगै झापासहित पूर्वका बजारमा कफी हाउस सञ्चालनमा अग्रसरता देखाइएको छ ।

विशेष गरी तनाव मुक्त राख्न र थकान मेटाउनका लागी कफी पिउने गरेको बताइन्छ । अझ विदेशबाट फकिएका युवाले कफी रुचाउने गरेका छन् । कफीका पारखीलाई मध्यनजर गर्दै झापाको बिर्तामोडमा फायर उड वेकर्स क्याफे सञ्चालनमा ल्याइएको छ । बिर्तामोडका एलिना रिजाल (ढकाल) र सिर्जन ढकालले अत्याधुनिक र विदेशी मोडलमा कफी हाउस सञ्चालनमा ल्याएका हुन् ।

लण्डनको एक कफी हाउसमा सिकेको सीपलाई ढकालले स्वदेशमा लगानी गर्दै कफी हाउस शुरु गरेको हुन् । ढकालकी श्रीमती एलिनाले पनि बेलायतबाट मान्यता प्राप्त ब्रिटिस कफी स्कुलबाट तालिम लिएर इंल्याडमा लामो समयसम्म कफी हाउसमै काम गरेको अनुभवलाई ब्यवहारमा उर्तादै विदेशी स्वादको कफी विर्तामोडबासीलाई प्रदान गरिने बताइएको छ ।

झण्डै ४० लाख रुपैंयाको लागतमा कफी हाउस सञ्चालन गरिएको र विश्वका जुनसुकै मुलुकमा पाइने कफी अब फायर उड वेकर्स क्याफेमा उपलब्ध हुने सञ्चालक ढकालको भनाई छ । कफी हाउस सञ्चालनसंगै ८ जनाले रोजगारी समेत पाएका छन् । ढकालले लण्डनको विश्व प्रसिद्ध पम्पिन्डो क्याफेमा काम गरेकाले कफीको गुणस्तरमा कमी नहुने बताइएको छ । ढकाल दम्पत्ति बिर्तामोड–१ का स्थायी बासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here