लकडाउनमा विद्यार्थीको प्रतिभाको खोजी

0
808

प्रतियोगिताको उपाधि अभिशेकलाई

काँकरभिट्टा,

बालबालिकाभित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उद्घेश्यले मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल काँकरभिट्टाले आयोजना गरेको अनलाईन चित्रकला प्रतियोगिताको उपाधि मेचीनगर—१० स्थित इष्ट होराइजन माविका अभिशेक प्रधानले जित्नुभएको छ ।

प्रतियोगितामा सहभागी कुल २१ जना प्रतिस्पर्धीलाई पछि पादैं प्रधानले नगद ५ हजार रुपैयाँसहित प्रमाण पत्र हात पार्नुभएको थियो ।

अभिशेकले बनाएको चित्रमा आँखाको उपचार हुदैं गरेको, वरिपरी पुतली उड्दैं गरेको देख्न सकिन्छ । यसले आँखाको उपचारमा सचेत हुनुपर्ने, आँखालाई जोगाउनु पर्ने आँखामात्र गुमे हाम्रा लागि संसार अन्धकार हुने संकेत गरिएको निर्णयक टोलीले जनाएको छ । उहाँले चित्रमार्फत आँखाका बारेमा सकरात्मक सन्देश दिन खोजेको उहाँबाट बनिएको चित्रले पुष्टि गर्दछ ।

रिडर्स झापाका अध्यक्ष एवम् विश्लेषक उज्जवल प्रसाई, देहि आर्ट मेचीनगरका अध्यक्ष एवम् चित्रकार छितेन शेर्पा र मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल काँकरभिट्टाका अस्पताल प्रमुख डक्टर शरदचन्द्रप्रकाश राईसहितको निर्णयक मण्डलले सार्वजनिक गरेको नतिजा अनुसार नर्थ प्वाइन्ट अग्रेजी मावि काँकरभिट्टाका बिरुना राई दोस्रो र धुलावारी माविका सहनवाज अलिल तेस्रो हुनुभयो । उहाँहरुले क्रमस ३ हजार र २ हजार नगदसहित प्रमाण पत्र प्राप्त गर्नुभयो ।

उहाँहरुका अनुसार फेसबुकमार्फत गरिएको शेयर, लाईक र निर्णायकको निर्णयको आधारमा प्रतियोगिहरुको मुल्यांकन गरिएको मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल काँकरभिट्टाका प्रमुख डक्टर राईले जानकारी दिनुभयो । विश्व दृष्टि दिवसको अवसरमा अस्पतालले लक डाउनका कारण बालबालिकामा नकरात्मक असर नपरोस र उनीभित्र लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्घेश्यले आयोजित प्रतियोगिताले बालबालिकालाई आफूभित्रको प्रतिभा प्रदर्शन गर्ने अवसर मिलेको निर्णयक समितिका उज्जवल प्रसाईले बताउनुभयो ।

नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिले विश्वनै बन्दाबन्दीको अवस्थामा रहेका बखत स साना बालबालिकमा नकरात्मक असर पर्ने भएकाले प्रत्यक्षरुपमा कार्यक्रम सञ्चालन गर्न नसकेपनि प्रविधिको भरपुर सदुपयोग गदैं विद्यार्थीलक्षित प्रतियोगिताको आयोजना गरिएको मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल काँकरभिट्टाका प्रमुख प्रशासक पुनम प्रधानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here