झापा उद्योग वाणिज्य संघ चारआली शाखा मेची उद्योग वाणिज्य संघमा समायोजन

0
976

लक्ष्मी उप्रेती / मेचीनगर ।

मेचीनगरको चारआलीमा क्रियाशील झापा उद्योग वाणिज्य संघको शाखा शुक्रबारदेखि औपचारिक रुपमा मेची उद्योग वाणिज्य संघमा समायोजन भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्था समायोजन कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको विधानतः एउटा नगर भित्र एक मात्र उद्योग वाणिज्य संघ क्रियाशिल रहने प्रावधान अनुसार झापा उद्योग वाणिज्य संघ–शाखा चारआलीलाई मेची उद्योग वाणिज्य संघमा समाहित गराउने विषयमा विभिन्न चरणमा भएको द्विपक्षिय छलफल, सम्वाद र सहमति अनुसार तपशिल वमोजिम समझदारी सहित मिति २०७७ आश्विन २३ गतेका दिन झापा उद्योग वाणिज्य संघ–शाखा, चारआलीलाई मेची उद्योग वाणिज्य संघमा विधिवत रुपमा समायोजन गरिएको कार्यक्रममा जानकारी गराईयो ।

नेपालको राज्य पूर्नःसंरचनाका क्रममा मेचीनगर नगरपालिकाको क्षेत्र विस्तारसँगै तत्कालिन दुहागडी गाउँपालिका मेचीनगर नगरपालिकामा समाहित भईसकेको छ । तत्कालिन दुहागढी तथा धाईजन गाउँपालिका अन्तरगतका उद्यमी, व्यवसायीहरुको साझा संस्थाको रुपमा वि.सं. २०६७ सालमा झापा उद्योग वाणिज्य संघ–शाखा, चारआली स्थापित भई क्रियाशिल रहँदै आएको थियो

झापा उद्योग वाणिज्य संघ–शाखा, चारआलीको आ.व. २०७३÷०७४ को वार्षिक लेखा परिक्षण प्रतिवेदन अनुसारका सम्पूर्ण दायित्व, जिम्मेवारी तथा चल, अचल सम्पत्तिको जिम्मेवारी मेची उद्योग वाणिज्य संघको हुने, मेची उद्योग वाणिज्य संघको वर्तमान कार्यकारिणी समितिमा तत्कालिन झापा उद्योग वाणिज्य संघ–शाखा, चारआलीका पदाधिकारी मध्ये उपाध्यक्ष श्री सन्तोष न्यौपाने, सचिव श्री मोहन अधिकारी र कोषाध्यक्ष श्री सविना बजगाईलाई स्थायी आमन्त्रित सदस्य मनोनयन गरि कार्यकारिणी समितिमा प्रतिनिधित्व गराउने,अनुभव÷रुची अनुसारको कुनै विषयगत समिति गठन गर्न आवश्यक देखिएमा सो समिति गठन गरि सभापतिको जिम्मेवारी प्रदान गर्ने, मेची उद्योग वाणिज्य संघको सल्लाहकारमा झापा उद्योग वाणिज्य संघ–शाखा, चारआलीका वर्तमान एवं भूतपूर्व अध्यक्ष समेत गरि २ (दुई) जनालाई समावेश गर्ने, झापा उद्योग वाणिज्य संघ–शाखा, चारआलीमा कार्यरत कर्मचारीलाई मेची उद्योग वाणिज्य संघको तर्फबाट निजले सो संघको वार्षिक लेखा परिक्षण प्रतिवेदनमा पाउन देखिएको रकम बराबर थप प्रोत्साहन रकम सहित स–सम्मान विदाई गर्ने झापा उद्योग वाणिज्य संघ–शाखा, चारआलीद्वारा जारी गरिएका सदस्यता प्रमाण–पत्र सहित नविकरण गर्ने व्यवसायीहरुलाई मेची उद्योग वाणिज्य संघका नियमित साधारण सदस्य सरहको छुट सुविधा उपलव्ध गराउनेलगायतका बुँदामा दुईपक्षबीच समझदारी भएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता र उपप्रमुख मीना पोखरेल उप्रेतीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा झापा उद्योग वाणिज्य संघको शाखा चारआलीका अध्यक्ष शरद शिवाकोटी र मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले सम्झौता पत्र एकआपसमा आदान प्रदान गरी औपचारिक रुपमा समायोजन भएको घोषणा गर्नुभयो ।


कार्यक्रममा बोल्दैं नगरप्रमुख आचार्यले नगरका एदोगी व्यवसायीहरुको हक हित अधिकार रक्षकालागि स्थानीय सरकार सधै उनीहरुकै साथमा रहेको बताउनुभयो । नेपाल प्रवेशको पहिलो द्वार मेचीनगर प्रश्स्त सम्भावनाका बोकेको नगर भएकाले यसलाई अवसरका रुपमा लिन उहाँले नगरका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । आफ्ना साना कमि कमजोरीले प्राप्त अवसर गुम्ने खतरा बढ्ने हुदाँ त्यसमा सवैजना सजक रहनुपर्ने उहाँको भनाई थियो । अब हरेक उद्योगी व्यवसायीहरु एकआपसमा फुटेर होइन जुटेर अघि बढ्नुपर्ने भन्दैं नगरप्रमुख आचार्यले लगानीको वाताबरण तयार गर्नुपर्ने बताउनुभयो । महत्वपूर्ण कृषि नगदे वालीका रुपमा रहेका अम्लिसो, अलैचीलगायतको प्रवद्र्घनमा लाग्नुपर्ने उहाँको जोड थियो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकार र नगरका उद्योगी व्यवसायीहरुबीचको सम्बन्ध समधुर हुनुपर्ने बताउनुभयो । उहाँले अहिले नोवल कोरोना भाइरस कोभिड १० का कारण विश्वको अर्थतन्त्र डामाडोल रहेको भन्दैं यसको नियन्त्रण र रोकथाममा सवैको भूमिका आवश्यकता पर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, मेची उद्योग बाणिजय संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, उद्योग वाणिज्य संघ–शाखा, चारआलीका अध्यक्ष शरद शिवाकोटी जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्गलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन मेची उद्योग बाणिजय संघका महासचिव ध्रव कनाल र स्वागत वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here