भद्रपुरबाट पटकासहित अटो चालक पक्राउ

0
533

झापा।

झापाको भद्रपुर–३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन्। विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्रलोड गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटक र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here