आत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी बिभिन्न समिति गठन

0
744

झापा,

झापाको हल्दिबारी १ मा आत्मानन्द सेवालुङ माङहिम (मन्दिर) निर्माणका लागी बिभिन्न समिति गठन भएका छन् । माङहिम निर्माणका लागी गत असोज १७ गते पूर्ण बहादुर लिङदेनको अध्यक्षतामा ११ सदस्यीय मूल समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रेम माया ईमबुङ , सचिव गीता राई , कोषाध्यक्ष टिका सिगु र सहसचिवमा भिष्म लिङदेन रहनुभएको छ ।

सदस्यहरुमा नेत्र प्रसाद पौडेल , सोमनाथ सुबेदी , पुष्प चौधरी , कुमार गजमेर ,आशिक अव्दुल र तिलबहादुर सिगु रहेका छन् । यसैगरी टिका पौडेल संयोजक रहेको ७ जनाको सल्लाहकार समिति समेत निर्माण गरीएको छ । उक्त समितिमा डम्बर सिं सिगु, टोलनाथ सुबेदी ,हर्क लिङदेन , डिल्ली सिं लिङदेन र सुरेश लिङदेन रहेका छन् । त्यस्तै बाबुराम पन्धाक संयोजक रहेको माङसेवा समितिमा तिल बहादुर सिगु , रोशन लिङदेन , मोहन लिङदेन , शान्ता काम्बाङ, गजेन्द्र लिङदेन लगायत सदस्य रहेका छन् ।

सोहि अवसरमा आत्मनन्द सेवालुङ मन्दिरका लागी स्थानीय समाजसेबि तथा माङहिम निर्माण मुल समिति अध्यक्ष पूर्ण बहादुर लिङदेनले आफ्नो स्वर्गीय मातापिता बल बहादुर लिङदेन र कुमारी थुपुको थेवेको नाममा २ कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । माङसेवा सावा बाबुराम पन्धाकको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाउँपालीका अध्यक्ष रबिन्द्र लिङदेनले अबको टोल–टोलमा हुने धार्मिक तथा पर्यटकीय विकास निर्माणदेखि सबै कामको अगुवाइ स्थानीयले गर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक तथा किरात धर्मगुरुका निजी चिकित्सक खगेन्द्र लिङदेनले औचित्वबारे प्रकाश पार्दै बिश्व शान्ति मानव एकता कायम गरौँ भन्ने मूल नारासहित किरात धर्मावलम्बिहरुको मात्र नभएर सवै धर्मानुरागीहरु मिलेर आफ्नो गाउँ ,समाजको सांस्कृतीक , धार्मिक पर्यटकिय बिकासमा धर्मको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँले बिश्वव्यापि रुपमै यस माङहिम व्यापाक बनाउने योजनामा लागी परेको बताउनुभयो । यसैगरी हल्दिबारी १ का अध्यक्ष त्रिलोचन सापकोटाले माङहिम निर्माणमा सवैलाई कटिबद्ध रहि कार्य गर्न निर्देशन दिँदै यस कार्यमा वडा सँधै सहयोगका लागी तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, बिर्तामोड ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले स्वर्गीय ईण्डियन भुपू सैनीक बल बहादुर लिङदेनको लिङदेन बंशावलीमा छुङै योगदान रहेको बताउँदै २०२६ सालमा पहाडी भुभाग देखि तराई झर्ने क्रममा भुपू सैनिक प्रतिनिधीको नाताले दोरुम्बा गाउँपालीकाका बिभिन्न जातजातीहरुलाई झार्ने कार्य गर्नुभएको स्मरण गर्नुभयो । उहाँको स्मृतिमा माङहिम निर्माणका लागी जग्गा प्रदान गरेर छोरा पूर्ण बहादुर लिङदेनले गर्नुभएको हालको योगदान पनि उल्लेखनिय रहेको बताउनुभयो ।

हल्दिबारीका जनप्रतिनीधि पदम राई , समाजसेवी गोपाल प्रसाद चुँडाल टंकिनाथ योङहाङ लगायतको आतीथ्य रहेको कार्यक्रमको सञ्चालन भिष्म लिङदेनले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here