नारी सङ्कल्पको दोस्रो साधारणसभा सम्पन्न

0
1017

बिर्तामोड ।

बिर्तामोडमा शनिबार नारी सङ्कल्प संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष तुलसा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डे रहेका थिए । संस्थाले वर्षभरि गरेका कामको विवरण प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष मैनालीले महिलालाई आत्मनिर्भर बनाउन सकेमात्रै हिंसाबाट मुक्ति मिल्ने बताइन् ।

नारी एकताको सङ्कल्पबाट शक्तिको सृजना हुन्छ भन्ने आफ्नो संस्थाको नारा रहेको भन्दै नारीलाई सीप मुलक कार्यक्रम गरेर आत्मनिर्भर बनाउने उद्धेश्यले बिर्तामोड–१ म रहेका धिमाल जातीको सीप विकासका लागि पेटानी बुन्ने तालिम आयोजना गरेर सीप र रोजगारीको सिर्जना गर्न नारी संकल्प अग्रसर भएको उल्लेख गरिन् ।

कार्यक्रका प्रमुख अतिथी पाण्डेले नारी सङ्कल्पले नारीहरुको सीप विकास आर्थिक रुपमा अब्बल बनाउन गरेको कार्यक्रमको प्रशंसा गरे । उनले संस्थाको विकासका लागि आर्थिक रुपमा पारदर्शि हुन आग्रह गर्दै वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, वडा कार्यालयका प्रेमकुमार खरेल, नेपाल उद्यमशिल महिला संघकी अध्यक्ष पार्वता बिमली(खरेल), महिला मुक्तिकी अध्यक्ष राधा सुब्बा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

हरेक साधारण सभामा एक जना ज्येष्ठ आमालाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत बिर्तामोड–१ निवासी ८९ वर्षीया सावित्रा बस्नेतलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । गत वर्ष जानुकादेवी सेढाईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाकी कोषध्यक्ष दिपा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइने भने औचित्य माथि सह–सचिव आशा बानियाँ(उप्रेती)ले प्रकाश परेकी थिइन् । सहभागीलाई संस्थाकी सदस्य तिलरुपा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हिमा प्रसाईले गरेकी थिइन् । संस्थामा हाल ३८ जना सदस्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here