सहारा नेपाल साकोसको छैटौं विस्तारित भेला

0
919

तुलसीप्रसाद निरौला ,बिर्तामोड। झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको छैटौं विस्तारित भेला शनिवार सम्पन्न भएको छ ।

 

जुम प्रविधिको प्रयोग गरी भएको संस्थाको छैटौं विस्तारित भेलाको अध्यक्षता सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले गरेका थिए ।

कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले औचित्यमाथी प्रकाश पार्दै संस्थाको भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा संस्थाका सहायक निर्देशक इश्वरप्रसाद भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका सहायक निर्देशक दिनेशवहादुर निरौलाले आगामी मंसिरमा गरिने साधारण सभाको मोडालिटी र परिवर्तित व्याजदर लगायतका वारेमा जानकारी गराएका थिए । संस्थाको वार्षिक साधारण सभा आगामी मंसिर ६ गते प्रविधिमार्फत गरिने सहायक निर्देशक निरौलाले जानकारी दिए ।

कार्यक्रममा संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले संस्थाले प्रवाह गर्ने सेवा सुविधा र समसामयिक विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थामा आवद्ध रुपक दाहाल , ओमकान्त वराल ,शंकरप्रसाद सुवेदी , प्रेमप्रकाश सिटौला , टंकप्रसाद दवाडी , मिरा काफ्ले , भगीरथ शर्मा सुवेदी , भोला खतिवडा लगायतले जिज्ञाशा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु , लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु , परामर्श समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु , विभिन्न उपसमितिका पदाधिकारीहरु , संस्थाका सेवाकेन्द्र सञ्चालन उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका तालिम अधिकृत मातृका सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here