बाटो कालोपत्रे योजनाको सार्वजनिक सुनुवाई सम्पन्न

0
1303

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ रमाईलो बस्तीमा पौड्याल चोकबाट दाहाल चोक जाने बाटो कालोपत्रे योजनाको सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ ।

बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष तिलबहादुर राईको अध्यक्षता र वडाध्यक्ष नवराम ढुंगाना “नविन”को प्रमुख आतिथ्यमा आयोजित भेलामा सचिव नकुल बस्नेतले योजनाको आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।

गत आर्थिक वर्ष ०७६÷०७७को वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त योजनाको लागि सात लाख तीन हजार दुई सय ४५ रुपैयाँ तीन पैसा(कन्टीजेन्सी सहित) विनियोजन गरिएको थियो । गत असार २४ गते सम्झौता भएको उक्त योजना अन्र्तगत जम्मा सात लाख ११ हजार एक सय रुपैयाँको लगानीमा एक सय १८ मिटर बाटो कालोपत्रे भएको बताइएको छ ।

बाटो कालोपत्रेको जिम्मा बिर्तामोड–५स्थित मातृभूमि निर्माण सेवाले पाएको थियो । भेलामा वडा पूर्वाधार संयोजक देवकुमार राई, वडा सदस्य ऐतराज नेम्वाङ “सन्तोष”, ठेकेदार सेवन शिवाकोटीलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here