कमल,
झापाको कमल गाउँपालिका २ त्रिवेणी चोकमा आज एक युवकले आफनै श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेका छन ।
स्थानीय ३४ बर्षिय रामजी थापाले आफनै श्रीमती २४ बर्षिया रीता थापाको हत्या गरेका हुन । आपसी विवादका क्रममा बेलुकी सवा ५ बजेतिर थापाले श्रीमतीको हत्या गरेका हुन ।
थापाले श्रीमतीको घाँटीमा खुकुरी हान्दा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।
आरोपित थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी एक महिना अघि मात्रै वैदेशिक रोजगारबाट घर फर्किएका बताइएको छ ।































