चन्द्रगढी सामुदायिक वनको २१ परिषद सभा शुरु

0
922

भद्रपुर ।

झापाको भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २१ औं परिषद भेला शनिबार शुरु भएको छ ।

कोरोना भाइरसको जोखिमका कारण तीन चरणमा गर्न लागिएको परिषद भेला स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा स्थानीय मुना भवनमा सञ्चालन भएको हो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गमलाको फूलमा पानी हालेर भेलाको उद्घाटन गरेका थिए ।

समूहकी सचिव सकुन्तला पोखरेलले सञ्चालन गरेको संक्षिप्त उद्घाटन समारोहमा अध्यक्ष पोखरेलले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार समूहल ेआर्थिक वर्ष ०७६÷०७७ मा दुई करोड ३५ लाख दुई हजार १४६ रुपेयाँ आम्दानी गरेको छ । काठ बित्री तथा लिलामीबाट सो आम्दानी भएको हो । समूहले सो वर्ष तीन करोड पाँच लाख पाँच हजार ६४० रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा कोभिड–१९ लगायतका कारणले लक्ष्य हासिल गर्न नसकिउको अध्यष पोखरेलले बताए ।
झण्डै २२ सय वर्ष पुरानो मानिएको ऐतिहासिक चन्द्रगढसमेत रहेको चन्द्रगढी समुदायिक वनले जिल्लामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्य गरेको थियो ।

प्रतिवेदन अनुसार समूहले अति विपन्न उपभोक्ताहरुलाई अत्यन्त सहुलियमा काठ उपलब्ध गराउँदै आएको छ भने निःशुल्क रुपमा खाट वितरण गरेको छ । त्यस्तै, स्थानीय विकास–निर्माणका काममा पनि वनले सहयोग पुर्याउँदै आएको छ ।

सभाको पहिलो दिन साविक चन्द्रगढी गाविसको वडा नं २ र ६ का उपभोक्ताको सहभागिता रहेको थियो भने आइतबार ४ र ९ र सोमबार ३ र ५ का उपभोक्ताको सहभागिता रहने समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस ३ नं क्षेत्रयि सभापति गणेश पोखरेल, राप्रपाका बाबुराम पराजुली, समूहका पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here