बलात्कार र हिंसा विरुद्ध इटाभट्टामा ¥याली र कार्यक्रम

0
584

इटाभट्टा ।

झापाको मेचीनगर ७ इटाभट्टामा महिला हिंसा एवं बलात्कार विरुद्ध ¥याली सहित कार्यक्रम सम्पन्न भएको छ ।

महिला जागरण क्लब मेचीनगर ७ ले आयोजना गरेको ¥यालीमा किशोरी÷किशोरी देखि आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

देशमा पछिल्लो समय बढ्दै गएको बलात्कार र महिला माथि हुने हिंसा बिरुद्ध सचेतना मुलक ¥यालीले इटाभट्टा चौक परिक्रमा गरेको थियो । ¥यालीमा, ‘मौन बसेको सरकार किन बढ्दैछ बलत्कार’, ‘ ९ महिनाको बालिकाको के दोष ?’, कोरोनाबाट मर्न तयार छु तर बलात्कृत भएर कदापी छैन्’ , ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षीत किन ?’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित युवा ÷युवतीहरुको सहभागीता थियो ।

¥याली पछि आयोजना गरिएको कार्यक्रममा बक्ता लेखक उज्वल प्रसाईं, स्थानीय युवा सागर शिवाकोटी, माइती नेपालकी प्रतिनिधि सारथी राजवंशी लगायतले महिला माथि हुने हिंसाको विरुद्धमा घरैबाट खुलेर बोल्न र प्रतिवाद गर्न सक्नु पर्नेमा जोड दिनु भयो ।

महिला माथि हुने गरेको विभेद र शोषणमा महिलाहरुले नै लुकाउने, प्रलोभनमा पारिने हुँदा बलात्कार र महिला हिंसाका घटना बढ्दै गएको भन्दै कार्यक्रमका बक्ताहरुले पुरुष प्रधान समाज र छोरालाई सक्षम र छोरीलाई कमजोर आक्ने मानसिकताबाटै बलात्कार र हिंसालाई प्रसय दिएको बताउनु भयो ।

कार्यक्रममा क्लवकी सह–सचिव नर्बदा लुइटेलले क्लव स्थापना र कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । क्ववकी अध्यक्ष लुना दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुसुम दाहालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here