आफ्नै भजन रेकर्ड गराएर स्टुडियोको उद्धघाटन

२६ आश्विन २०७७, सोमबार मा प्रकाशित

दुधे ।

झापाको शिवसताक्षीमा अत्याधुनिक प्रविधियुक्त ‘रिभव’ रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । नेपाली गित संगीतको विकाश र बिस्तारमा क्रियाशिल रहने वडा नम्बर ११ स्थित दुधेका डिके लामाले आफ्नै स्टुडियोमा भजन रेकर्ड गराएर रिभव रेकर्डिङ स्टुडियो संचालनमा ल्याएका हुन् ।

नेपाल मानव धर्म सेवा सेवा समिति दमक आश्रमकी विदुषी मनोहरा बाईजीले हिन्दु संस्कार अनुसाद दिप प्रज्वलन र पुजा अर्चना गरेर स्टुडियोको उद्धघाटन साईत गरेकी थिईन । उद्धघाटन कार्यक्रममा उनले नेपाली गीत संगीतको क्षेत्रमा बर्तमान समयमा कलाकारहरुले पुर्याएको योगदानको निकै प्रशंसा समेत गरेकी थिईन् ।

स्टुडियोका संचालक डिके लामाले नेपाली गित संगितमा नेपाली पहिचान र मौलिकता रहेको वताउदै यसबाट गुणस्तरीय गितसङ्गीत उत्पादन हुने बिश्वास ब्यक्त गरे । जिल्लाको ग्रामिण क्षेत्रमा पहिलो पटक शिवसताक्षीको दुधेमा नयाँ खुलेको स्टुडियो ले हरेक विधाका स्थानीय कलाकारले लाभ लिने स्थानीयबासिन्दाले बताएका छन् । लामाका अनुसार स्थानीय संचारकर्मी संगको सहकार्यमा अनलाईन समाचार बुलेटिन पनि प्रशारण हुन सक्ने छ ।

सात लाख मुल्यको लागतमा स्थापना भएको रेकर्डिङ स्टुडियो यस अघि जिल्लाको दमक विर्तामोड क्षेत्रमा थिएन । गित संगितको क्षेत्रमा राष्ट्रिय स्तरका कलाकार उत्पादन गर्ने शिवसताक्षीमा रेकर्डिङ स्टुडियो स्थापना भएपछि गित रेकर्ड कै लागि शहर भौतारिनु पर्ने समस्या सकिएको छ । हास्य कलाकार मनोज गजुरेल, गायक टंक बुढाथोकी, निला थापा मगर र चलचित्रकर्मी सागर सुब्बाले राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् ।

यस्तै शिव आङवो, भास्कर सिटौला, रोम मगर, डिके लामा, उषाकिरण मिश्र, स्थानीय स्तरका चर्चित गायक कलाकार हुन् ।
स्टुडियोबाट अडियो रेकर्डिङ, मिक्सीङ, मास्टरिङ, एरेन्जिङ, भिडियो ईडिटिङ लगायतको सुबिधा पाउने प्राविधिक रोनेट तामाङ्गले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here