अत्याधूनिक प्रवृत्तिबाट एकपटमा चारजनासम्मले हातधुन सक्ने

0
860

काँकरभिट्टा,

नेपाल रेडक्रस सोसाइटि झापा शखाले जिल्लाका विभिन्न स्थानमा अत्याधूनिक प्रविधिबाट एकपटमा चारजनासम्मले हातधुन सक्ने व्यवस्था मिलाएको छ । सम्भवत यस्तो प्रविधिजडान गरि यस्तो व्यवस्था मिलाइएको झापामै पहिलो भएको शाखाले जनाएको छ ।

झापा शाखाले यूनसेफ, आइएमओ तथा अन्तर्राष्ट्रिय रेडक्रसलगायतका दातृ संस्थासँग मिलेर झापाको मेचीनगर र विर्तामोड नगरपालिका तथा कचनकवल र झापा गाउँपालिकासहित मुख्यः राजमार्गसँग जोडिएका मानिको आवतजावत र भीडभाड अहिल बढी हुने स्थानमा ५ सय लिटर पानीको ट्याँकीमा एकसाथ चारवटा वेसन जडान गरेर यस्तो व्यवस्था मिलाएको नेपाल रेडक्रस सोसाइटि झापा शखाकन सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रवृत्तिबाट एकसाथमा चारजनासम्मले राम्ररी हात धुनसक्ने छन् । केटाकेटीलाई समेत हात धुन सजिलो होस भन्ने हेतुले एउटा वेशन बालबालिकालाई लक्षित गरी राखिएको सभापति ढकालको भनाई छ । हात र मुखमात्र सफा राख्न सके नोवल कोरोना भाइरस कोभिड १९ को भाइरसको संक्रमणबाट केहीहदसम्म बच्न सकिने भएकाले सर्वसाधारणलाई हातमुख धुनुपर्छ भन्ने चेतना दिन र हातमुख धुने बानी बसाल्न पनि मानिसहरुको अलिबढी चहलपहल हुने स्थानमा यस्तो व्यवस्था मिलाइएको शाखाले जनाएको छ ।

शाखाका अनुसार अहिले झापा शाखाले यूनसेफ, आइएमओ तथा अन्तर्राष्ट्रिय रेडक्रसलगायतका दातृ संस्थासँग मिलेर नोवल कोरोना भाइरस कोभिड १९ सम्बन्धि तीनवटा कार्यक्रम जिल्लभर सञ्चालन गरिरहेको छ । यहि अभियान अन्तर्गत मेचीनगरमा समेत जारी रहेको सभापति ढकालको भनाई छ ।

पूर्वीनाका भएर कति मानिस प्रवेश गर्छन कति बाहिरिन्छन तथा आगामी दिनमा नोवल कोरोना भाइरस कोभिड १९ जस्ता महामारी आए कसरी पूर्वतयारी गर्ने अहिले अनुसन्धान भइरहेको छ । यसका लागि अफ्रिकाबाट आएको विज्ञ टोली रेडक्रसकर्मीले रिसर्च गरिरहेको ढकालले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाको वडानम्बर—६ स्थित काँकरभिट्टा वसपार्कमा यस्तो व्यवस्था मिलाईएको छ । यहाँ राख्दा सर्वसाधारणदेखि टाढाटाढा जाने यात्रुलाई समेत सजिलो हुने पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको छ ।

यसमा लाग्ने पानीको व्यवस्थापन स्थानीय पालिका तथा संघ संस्थाले गर्नुपर्ने र आवश्यक सावुनलगायतका अन्य वस्तु नेपाल रेडक्रस सोसाइटि झापा शाखाले व्यवस्थापन गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here