अब उपभोक्तासँग व्यापारी र कर्मचारी डराउनु पर्छ

२७ आश्विन २०७७, मंगलवार मा प्रकाशित

उपभोक्ताको बोली

कैयौं संघर्ष, बलिदानबाट यो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । तर, आम उपभोक्ता वर्गले त्यसको अनुभूति गर्न पाएका छैनन् । अहिले व्यापारी÷विक्रेतासँग उपभोक्ता÷क्रेता डराइरहेको, डराउनुपर्ने अवस्था छ । सेवादायी निकायका कर्मचारीको हप्की–दप्की, धुत्र्याइँ, ढिलासुस्ती, कप्ट्याईले सेवाग्राही डराउनु परेको अवस्था छ । यो व्यवस्था के यसकै लागि हो । किन विधि, प्रक्रिया अनुसार चल्दैन कोही ?

अब आम नागरिक÷उपभोक्ता जागरुक हुनुपर्छ÷जुट्नुपर्छ÷खबरदारी गर्नुपर्छ । उपभोक्ता÷क्रेतासँग व्यापारी÷बिक्रेता डराउने वातावरण सिर्जना गर्नुपर्छ । कर्मचारी वर्गले सेवाग्राही नागरिकसँग डराउने, उनीहरुलाई सम्मान गर्ने अवस्थाका लागि सबै लाग्नुपर्छ ।

अर्को कुरा उपभोक्ता ठगिएका गुनासो गर्ने निःशुल्क नम्बर छैन, यसको व्यवस्था हुनुपथ्र्यो । गुनासो आएपछि तत्काल सुनुवाई गरी तत्काल स्थलगत कारवाहीको व्यवस्था गर्नुपर्छ । उपभोक्ताको हित संरक्षण गर्न नियमित बजार अनुगमन गरिनुपर्छ न कि चाडपर्व लक्षित ।

बजारमा म्याद गुज्रिएका वस्तुको बिक्री, चर्को मूल्य वृद्धि, मिसावट जस्ता उपभोक्ता ठग्ने आपराधिक काम भइरहेको गुनासो बडेको छ । उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरिएका समाचारहरु दैनिक आइरहेका छन् । त्यसतर्फ नियमनकारी निकायको तत्काल ध्यान जाओस् ।

(उपभोक्ता हित संरक्षण मञ्च नेपाल बिर्तामोडका सचिव गौतमले २०७७÷६÷२३ मा संवाद समूहमा भएको झापाका उपभोक्तावादी संस्थाबीचको छलफलमा व्यक्त गरेको विचार ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here