‘तिम्रो प्यारमा छु’को साथमा आए आकाश श्रेष्ठ ( भिडियो )

0
1225

काठमाडौं ।

कोरना कहर विच अमेरिकामा रहेका गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

गीतकार अनु शाहका प्रेमिल शब्दलाई नारायण सुवेदी आभाषले मिठो धुन भरेका छन्। उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ। भिडियोमा बुद्द थापाको छायांकन, विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अनुराधा फिल्म्स इन्टरनेसनलको प्रस्तुति रहेको यस भिडियोलाई दर्शक, स्रोता तथा मिडिया हाउस बाट राम्रो प्रतिक्रिया र साथ मिलिरहेका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here