मेसिनले धान काट्दै मकवानपुरका किसान

२८ आश्विन २०७७, बुधबार मा प्रकाशित

वाग्मती,

परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन लागत कम गर्न कृषिको यान्त्रिकीकरण शुरु गरेको हो । किसानले उत्पादनमा व्यहोर्नुपर्ने लगानीलाई सकेसम्म कम गर्न विभिन्न कृषि उपकरण वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँ बताउनुहुन्छ ।

अघिल्ला अर्थिक वर्षमा धान रोप्ने, मकै गोढ्नेलगायत उपकरणका साथै ठूला ट्र्याक्टर, पावर टिलर तथा सयौँको सङ्ख्यामा हाते ट्र्याक्टर वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषि यान्त्रिकीकरण प्रवद्र्धन गर्न धान काट्ने उपकरण वितरण गरिएको उहाँले बताउनुभयो ।

यसै वर्ष कृषिका लागि बहुउपयोगी ठूला ट्र्याक्टर वितरण गरिने उहाँले जानकारी दिनुभयो । कृषि उपकरण वितरणमा सहकारीसँग साझेदारी गरिएको भए पनि अबका दिनमा किसान र सहकारीले ५० प्रतिशत लगानी व्योहोर्नुपर्ने र बाँकी ५० प्रतिशत गाउँपालिकाले व्योहोर्ने गरी योजना बनाइने उहाँको भनाइ छ ।

यसैबीच एक कार्यक्रमकाबीच मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागार्इँले कृषि सहकारीलाई मेसिन हस्तान्तरण गर्नुका साथै धान काटेर मेसिनको उद्घाटन गर्नुभयो । अध्यक्ष हुमागाईँले श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी–३ का प्रबन्धक गीता लम्साल र एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–६ का उपाध्यक्ष बद्रीप्रसाद दाहाललाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

एक घण्टामा १० कठ्ठाभन्दा बढी क्षेत्रको धान काट्न मिल्ने उपकरणको प्रयोग सामान्य तालिमप्राप्त जोकेहीले पनि गर्न सक्ने मकवानपुरगढी गाउँपालिका–६ का अध्यक्ष टीकाप्रसाद दाहालले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here