सिम्रिकका सदस्यलाई स्वास्थ्य उपचार राहत सुविधा

0
500

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोड–४ ले आफ्ना सदस्य र तिनको परिवारलाई स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरिरहेको जनाएको छ ।

 

 

संस्थाको सदस्य उपचार राहत नीति अनुसार विर्तामोड–४ स्थित मुख्य कार्यालयबाट स्वीकृति प्रदान गरेपछि सदस्यहरुले स्वास्थ्य उपचार राहत सुविधा पाउने व्यवस्था रहेको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले बताए ।

संस्थाले भद्रपुर सेवा केन्द्र, मेचीनगर सेवा केन्द्र , बनियानी सेवा केन्द्र , गौरादह सेवा केन्द्र, गोलधाप सेवा केन्द्र , धुलाबारी सेवा केन्द्र अन्तरगतका सदस्य र तिनका परिवारलाई स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको उनले वताए ।

संस्थाले गोलधाप सेवा केन्द्र अन्तरगतका सदस्य बालकृष्ण अर्यालका छोरा तथा गोमादेवी अर्यालका भाइ सुजनको पायल्सको शल्यक्रिया गर्दा लागेको खर्चको आधा रकम २० हजार रुपैयाँ , भद्रपुर सेवा केन्द्र अन्तरगतका सदस्य अजिफा खातुनको पथरियाको शल्यक्रिया गर्दा लागेको उपचार खर्चको ५० प्रतिशत रकम २३ हजार ६ सय ५० रुपैयाँ प्रदान गरेको जनाएको छ ।

संस्थाको मेचीनगर सेवा केन्द्र अन्तरगतका सदस्य सरिता ढकालको किड्नी स्टोन भएकाले शल्यक्रियाका लागि उपचार राहत २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको सेवाकेन्द्र प्रमुख शान्तकुमार बस्नेतले बताएका छन् ।

यस्तै मेचीनगर सेवा केन्द्रकै सदस्य उमेश थापा क्षेत्रीको पनि किड्नी स्टोनको शल्यक्रिया गरिएकाले ११ हजार २ सय ५० रुपैयाँ उपचार सहयोग प्रदान गरिएको छ ।

बनियानी सेवा केन्द्र अन्तरगतका सदस्य सुभद्रादेवी कट्टेलको पाठेघरको उपचार वापत १० हजार १ सय २५ रुपैयाँ, गौरादह सेवा केन्द्रका सदस्य गणेशबहादुर विष्टकी श्रीमतीको एपेण्डिसाइट्सको शल्यक्रियाका लागि ६ हजार ७ सय ५० प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै भद्रपुर सेवा केन्द्र अन्तरगतका सदस्य ललिता श्रेष्ठलाई ६ हजार रुपैयाँ, धुलाबारी सेवा केन्द्र अन्तरगतका सिमा पाठकलाई ३ हजार ८४८ रुपैयाँ, मेचीनगर सेवा केन्द्र अन्तरगतका सदस्य श्रीकृष्ण रसाइलीको आँखा उपचारका लागि तीन हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।

त्यसैगरी बनियानी सेवा केन्द्रका रत्ना राजवंशीलाई ३ हजार ७ सय ५० रुपैयाँ, गोलधाप सेवा केन्द्र अन्तरगतका सदस्य देवीमाया भण्डारीलाई १ हजार १ सय ८० रुपैयाँ र अजित मुखियालाई एक हजार रुपैयाँ उपचार राहत सहयोग प्रदान गरिएको संस्थाका विभागिय प्रमुख प्रेम वस्नेत (विजय )ले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here