६५ औं प्रहरी दिवसका अवसरमा विराटनगरमा १०१ जना प्रहरीले रक्तदान गरे

0
1034

विराटनगर।

कोरोना भाइरस नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरी मानविय सहायतमाका क्षेत्रमा पनि अग्रस्थानमा आउने गरेको छ ।

कोरोना भाइरसका तथा अन्य विभिन्न रोगका कारण रगत अभाव हुँदा धेरैले अकालमा ज्यान गुमाइ रहेका बेला प्रहरीले सामुहिक रुपमा रक्तदान गरेर ६५ औं प्रहरी दिवस मनाएका छन् ।

६५ औ प्रहरी दिवस २०७७ को अवसर पारेर आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा रक्तदान कार्यक्रयम गरिएको हो । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त सेवा विराटनगरको प्राविधिक सहयोगमा प्रहरीले रक्तदान गरेको हुन् ।

पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको कमी भईरहेको बेला रक्तसञ्चार सेवामा रगत अभाव नहोस भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान गरेको हो ।

रगत अभावका कारण विभिन्न अस्पतालमा पु¥याइएका बिरामीहरुको उपचारमा समेत समस्या भईरहेको बेला प्रदेश प्रहरी कार्यलयमा रक्तदानको कार्यक्रम चलिरहेकै समयमा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवश्यक परेको जानकारी पाए लगत्तै रक्तदान स्थानबाटै उक्त बिरामी महिलाका लागी रगत उपलब्ध गराईएको थियो ।

आज भएको रक्तदान कार्यक्रममा १०१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here