बजारमा अलिकति करेक्सन आउँछ, त्यसपछि शिखरमा जान्छ नै, निरञ्जनकुमार टिबरेवालाको अन्तर्वार्ता
निरञ्जन टिबरेवाला नेपालको पुजीबजारका अघिकांस ठूला खेलाडीहरुका पनि गुरु हुन् । लो प्रोफाइलमा बसेर बजारमा निकै प्रभावित गर्ने व्यक्तिमा उनलाई हेर्ने गरिन्छ । प्राविधिक पक्ष र सामाजिक आर्थिक संरचनालाई समेत ख्याल गरेर बजार विश्लेषण गर्ने क्षमता उनमा भएकै कारण उनी ठूला लगानीकर्ताका पनि गुरु बन्न सकेका हुन् । पुँजीबजार अहिले चम्किदै छ । अब पुँजीबजार कुन विन्दुसम्म पुग्ला, विगतका कमजोरी के थिए ? विजमाण्डूका विजयराज खनालका प्रश्नमा टिबरेवाला यसरी खुले ।
जो मान्छे सेयर बजारमा संवेदनशिल ढंगले लागेको छ, त्यसले के भन्छ भने निर्मल प्रधान सेयर बजारको निर्मल बाबा, तपाईं बाबाको पनि ‘बा’, यस्तै ढंगमा तपाईंलाई जोडेर हामीले एउटा फिचर लेख्यौं । हामी सही हौं ?
लगानीकर्ताले पनि मलाई त्यो स्तरमा राखेका रहेछन् । तपाईले भन्नुभयो, मलाई खुब खुशी लाग्यो । हुन पनि मेरो प्रयास यही हो । निर्मल प्रधान एकजना व्यक्ति तपाईले पहिचान गर्नुभयो, सेयर बजारमा उहाँ जस्ता धेरै व्यक्ति छन्, जसलाई मैले सल्लाह दिएको छु, सही दिशामा काम गर्नु पर्छ भनेको छु । कसैले गलत गरेका छन् भने हेर बाबु तिमीले गलत गर्यौ पनि भनेको छु । निर्मल प्रधानले लगानीमा धेरै सफलता प्राप्त गर्नुभयो । मलाई खुसी लागेको छ ।
तपाईले पनि त्यति नै सक्सेस पाउनु भएको छ तर तपाई, त्यो कुरा देखाउनु चाहनुहुन्न ?
निर्मल प्रधानले जति सफलता पाए पनि वित्तीय रुपमा मेरो त्यति छैन होला । तर जति मैले गरेको छु, त्यसमा म खुशी छु । मबाट लागनीको सल्लाह लिएका थुप्रैलाई मैले आफैले हेरेको छु, उहाँहरुले दुई÷चार करोड रुपैयाँ कमाउनु भएको पनि छ । त्यो पनि त मेरै कमाइ हो नि । आज कुनै साथीले कमाइरहेका छन भने त्यो पनि त मेरै कमाइ हो, मैले त्यसरी हेरेको छु । निर्मल प्रधान जीले धेरै जोखिम लिनु भयो । उहाँले ऋण लिएर, व्याजमा तिरेर यो बजारमा लगानी गर्नु भयो । तर मैले ऋण लिएर लगानी गरिन् । म कहिं लगानी गर्छु भने व्यवस्थापनमा जाने गरी सेयर स्वामित्व लिन्छु । मेरो उद्देश्य व्यवस्थापन बलियो बनाउने हुन्छ । व्यवस्थापन बलियो बनाउना साथ मेरो सेयरको मूल्य पनि बढ्छ, मेरो प्रतिफल पनि बढ्छ ।
यो बजारमा लागेकाहरुलाई तपाईको सेयरमा लगानीको आकार कति छ भन्ने उत्सुकता छ ?
सुरुमा मैले उद्योग गरें, व्यापार पनि गरें । ट्रेडिङमा हुने अस्वस्थ प्रतिश्पर्धा, छली, बदमासी मलाई राम्रो लागेन्, मलाई त्यस्तो गर्न मनले पनि दिएन । त्यही भएर ट्रेडिङ फर्म खोलेर पनि मैले बन्द गरें । एउटा सानो उद्योग पनि चलाएँ, त्यो २५ प्रतिशत पनि चलिरहेको छैन । मैले पेट्रेल पम्प चलाएँ, त्यसमा हामी लिडिङ पनि थियौ, तर अहिले पेट्रोल पम्प बन्द गर्नुपर्ने अवस्थामा हामी छौं । किनकी त्यहाँ नाफा छैन्, मैले चोरी गर्दिन । नगरेपछि नाफा आउँदैन् । त्यसकारण मैले सबै पैसा सेयर बजारमा लगानी गरें । लगानी गर्दा मैले व्यवस्थापनमा जाने सोंचका साथ गरें, धेरै कम्पनीको व्यवस्थापनमा रहेर काम पनि गरें, अहिले पनि गरिरहेको छु । म स्ट्याण्डर्ड चार्टर्ड बैंकमा गएँ । त्यहाँ मेरा खास भुमिका रहेन । किनभने उनीहरुको आफ्नो छुट्टै सिस्टम छ । हामी लगानीकर्ताले त्यहाँ आफ्नो भुमिका देखाउने ठाउँ छैन् । मेरो एउटा प्रयास स्ट्याण्डर्ड चार्टड बैंकमा सफल भयो । नेपालको चार्टड ग्लोबल सब्सिडरी भएपछि मैले यहाँका कर्मचारी ग्लोबल नेटवर्कमा लैजानुपर्दछ भनेर पहल गरेको थिएँ, उनीहरुले त्यो तुरुन्तै माने । अहिले यहाँ काम गरेका नेपाली कर्मचारी सिंगापुर, इण्डिया, लण्डनमा काम गरिरहेका छन ।
मैले तपाईंलाई सेयर बजारमा पोर्टफोलियो कति छ भनेर प्रश्न गरेको थिएँ ?
मेरो पोर्टफोलियो यति छ भनेर भन्न सक्दिन । मैले आज किनेर भोली बिक्री गर्ने गरी सेयरको ट्रेडिङ गर्दिन । राम्रो कम्पनी छान्यो, त्यसैमा लगानी गर्यो, आफु पनि त्यहाँ जाने, साथीभाईलाई पनि पैसा हाल भन्ने, त्यसैलाई बलियो बनाउने गर्छु । जस्तो अहिले म सोल्टि होटलमा बोर्ड डाइरेक्टर छु, नेपाल एसबीआईमा छु र एभरेष्ट इन्स्योरेन्स प्रोमोट गरेको छु ।
निर्वाचनको प्रक्रिया शुरु भएदेखि बढ्ने क्रममा रहेको बजार अहिले एउटा तहभन्दा माथी देखिन थालेको छ । हाम्रो अर्थतन्त्रका आधारभूत सूचकहरुमा ठूलो परिवर्तन देखिएको छैन् तर बजार किन यसरी बढिरहेको छ ?
लगानीकर्ताले जहिले पनि नाफाको आशा गर्छ । जब राम्रो चिजहरु आउन थाल्छ तब त्यसमा नाफा हुन थाल्छ भन्ने उसले अनुमान गर्छ । मुनाफा, सम्भावनाका आधारमा लगानीकर्ताले लगानी गर्ने हो, त्यो अनुमानका आधारमा उसले लगानीमा प्रतिफल पनि पाउँछ । सेयर बाहेक अर्को ठाँउमा लगानी गर्दा नाफा कति आउँछ ? यसमा लगानी गर्दा नाफा कति भइरहेको छ ? सम्भावना, अपेक्षा प्रतिफल र अनुमानमा बजार टिकेको छ । नेपालमा स्टक एक्सचेन्ज जुन बेला सुरु भएको थियो । त्यो बेला पनि धेरै उत्साहाका साथ लगानीकर्ता यो बजारमा प्रवेश गरेका थिए । जब लगानीकर्ता सेयर बजारमा आउन थाल्छन्, माग बढ्छ, त्यसको आधारमा सेयर बजार पनि बढ्छ ।
निर्वाचन भयो, तर सरकार बन्ने अनिशिचतता अझै बाँकी छ तर समस्याको त्यो बादल नफाटिकनै बजार किन बढिरहेको छ ?
केही कुरा निश्चित छ । त्यसमध्ये एउटा हो, अब नेताहरुले मिल्नै पर्छ । दश दिन लाग्ला, १५ दिन लाग्ला, दुई महिना लाग्ला, तर उनीहरुसँग मिल्नुको विकल्प छैन् । होइन भने उनीहरु माथी प्रश्न उठ्छ । यो विषयमा लगानीकर्ता आश्वस्त छन् । पहिले माओवादी नेतृत्वमा आउँदा पनि हामीलाई थाहा थियो, यिनीहरु ग्लोबल इकोनोमीमा काम गर्नै पर्छ । यिनीहरुको आइडोलोजीले काम गर्न सक्दैन । उनीहरु नियन्त्रणमुखी अर्थतन्त्र चलाउन सक्दैनन् । आखिर अहिलेको निर्वाचनले त्यो कुरा देखायो । प्रजातान्तिक शक्ति आउनु पर्छ भन्ने देखायो । जो सरकारमा गए पनि, जसले निर्वाचन जिते पनि विश्व अर्थतन्त्रको साइकलभन्दा कोही पनि बाहिर बस्न सक्दैन् । राजनीतिक दलहरुवीच केही विषय मिलेका छैनन् होला तर उनीहरुलाई सहमतिको एउटा विन्दुमा एक साथ आउनुको विकल्प छैन् । संविधान सभामा साशकीय स्वरुपहरुको कुरामा के होला कसो होला तर गतिशिल अर्थतन्त्रका विषयमा उनीहरु बीच विवाद हुन सक्दैन । तपाई लेख्नु हुन्छ भने पनि लेख्नुस कुनै न कुनै फर्मुलामा दलहरु मिल्छन । उनीहरु मिलेर काम गर्छनको अर्थ हो, राम्रो आर्थिक नीति आउँछ, यही आधारमा बजार बढेको हो ।
niranjan kumar tiberewal @ bizmandu (5)
पुरानो रेकर्डलाई शिखर मान्ने हो भने, हामी अहिले आधार शिविरमा आइपुगेका छौं । के अहिलेको शिखर चढाइ सहि रुपमा भइरहेको छ ?
पुँजी बजारमा अलिकति सपेकुलेटिभ त हुन्छ, हुन्छ । सबै जनताले अध्ययन गरेर, फण्डामेण्टल हेरेर लगानी गर्छ भन्ने छैन । सुझाव दिन अहिले ब्रोकरलाई पनि भ्याइनभ्याइ छ । कुनै पनि फाइनान्सियल एनालाइसिस गर्ने एजेन्सी हामी कहाँ छैन् । संसारमा हेर्ने हो भने तपाईले एक्सपर्ट टुलहरु युज गर्न सक्नु हुन्छ, अपिनियन लिन सक्नु हुन्छ । यहाँ पनि कति जनाले मलाई सोध्छन, के मा लगानी गर्ने के गर्ने ? यहाँ संगठित किसिमको कन्स्याल्टेन्सी दिने संस्था छैनन् । तपाईले जुन भन्नु भयो नि शिखर, शिखरमा त जान्छ नै । तर तत्कालका लागि सबैको लगानी एक ठाँउमा गइसकेपछि बजारमा अलिकति करेक्सन त आउँछ । मूल्य भने अहिले भन्दा केही हाइ हुन्छ नै । पहिले धेरै ‘लो’मा गएर बसेको थियो । बैंकको सेयर नै एक/डेढ सय रुपैयाँमा पुगेको थियो । एउटा बैंक स्थापना गर्न कति कठिन छ ?
त्यसोभए बजारमा म्यानुपुलेशन छैन ?
अहिले बजार म्यानुपुलेट भएको होइन । इकोनोमी अब धेरै तिव्र गतिमा अगाडी बढ्छ । नेपाल विकासका लागि भर्जिन एरिया हो । यहा विकासका थुप्रै क्षेत्रहरु छन् । हामी कहाँ जम्मा पाँच लाख पर्यटक आउँछ, मलेसियामा जानु भयो भने त्यहाँ ५०÷६० लाख आउँछ । नेपालमा अहिले भौतिक पुर्वाधार नै छैन । एयरपोर्ट छैन । बाटो छैन्, नेपालमा जति पनि विकास गर्ने सम्भावना छ । जहाँ विकासको सम्भावना हुन्छ, त्यहाँ प्रतिफल आउने सम्भावना पनि त्यत्तिकै छ । त्यसको लागि वातावरण चाहिन्छ, त्यो वातावरण निर्वाचनले तयार गरेको छ । अब त्यस अनुसारका नीति बनाउन सरकार माथि दवाव पर्छ । नयाँ नीतिले नेपालमा अन्तराष्ट्रिय शक्तिहरु आउँछन्, विदेशी लगानी आउँछ । हामी पनि त कुरा गर्छौ नि, अब राष्ट्रमा यस्तो यस्तो नीति चाहियो भनेर । राष्ट्र बिगार्ने पोलिसी त कोही ल्याउन चहादैन नि ।
हिजो बजार उच्च हुँदा घाटामा रहेको फाइनान्स कम्पनीको सेयर मूल्य पनि दुई सयभन्दा माथी गयो, तर आज त्यो कम्पनी अंकित मूल्यभन्दा तल नै छ । यसको अर्थ के हामी अहिले करेक्टिभ वेमा लगानी गरिरहेका छौं भन्ने हो ?
त्यो बेलालाई स्टेपबाई एनालाइसिस गर्नुपर्छ । त्यो बेलाको स्टेजले के देखाउँछ भने नियामक निकाय बलियो थिएन । यही कारणले दुई सयको सेयर २२ सय पनि पुग्यो र लगानीकर्ता नोक्सानमा परे । तर अहिले नियामक निकाय बलियो छ । लगानी सुरक्षित छ । गरेको लगानी डुब्दैन । नाफा कम भए सेयर बजारमा मूल्य कम हुन सक्छ तर पैसा भने डुब्दैन । मलाई बंगलादेश बैंकको सेयरमा गरेको लगानी शून्य भयो भन्ने लागेको थियो । आखिरमा त्यो स्टेजबाट बैंक आज मुक्त भएर फेरि बलियो भएर आयो । त्यो बेला म नोक्सान भएँ होला । अहिले बजारमा बुझेका लगानीकर्ता आइरहेका छन । नियामक निकाय बलियो छ । त्यसको असर र प्रभाव बजारमा देखिएको छ ।
अबको दुई महिनामा नेप्से परिसूचकको रफ्तार कस्तो रहला ?
मैले हेर्दा अहिले पुरानोभन्दा पनि नयाँ लगानीकर्ता धेरै छन् । कार्पेटमा मानिसहरुले पैसा कमाए, त्यो बेला बजार बढ्यो । पस्मिनाको खुब ठुलो व्यापार भयो, त्यो समय पनि बजार बढ्यो । त्यसपछि खासाबाट आयातित सामानको बजार बढ्यो, कमाइ बढ्यो । त्यो बेला ती क्षेत्रमा कमाउनेहरु यो बजारमा पसे बजार बढ्यो । अहिले बजारमा रेमिट्यान्सको पैसा आइरहेको छ । व्यक्तिगत रुपमा आएको रेमिट्यान्सको पैसाले काठमाडौंमा जग्गा किन्न सकिने अवस्था छैन । तपाईसंग ३०/४० लाख रुपैयाँ छ भने बैंकमा राखे ब्याज गतिलो आउँदैन । त्यसैले राम्रो संस्था छानेर स्टक बजारमा लगानी आइरहेको छ । त्यसबाहेक अहिले बैंकमा तरलता बढ्यो तर लगानी गर्न सकेनन् । व्याजदर घट्न थाल्यो अनि पैसा बजारमा आयो । पहिले पनि व्याजदर सस्तो हुँदा लगानीकर्ताले तीन प्रतिशतसम्मको व्याजमा कर्जा लिएर ३०/४० करोड रुपैयाँ लगानी गर्थे । तीन प्रतिशत भनेको त के हो ? अब कम्पनी नै ल्याएर लगानी गर्ने पनि हुनसक्छ । मेरै छोराहरु त्यस्तो सोचमा छन । अहिले मोबिलाइजेशन अफ माइन्ड पनि भइरहेको छ । अब पोलिसी कुन स्पिडमा आउँछ भन्ने कुराले आगामी दिन तय गर्नेछ ।
अब नेप्सेले यस अघिको उचाई भेट्ला ?
अर्थमन्त्री लगानीकर्ताले चाहेको आओस । प्रजातान्त्रिक सोच भएको आओस । त्यो अवस्थामा आएको नीतिले पहिलेको आँकडा नछोला भन्न सकिदैन । अहिलेका आधारहरुले भन्न सकिन्छ ।
सेयर बजारमा लगानीकर्ताहरु के भन्छन् भने, काँग्रेसको सरकार बन्ने हो र डा. रामशरण महत अर्थमन्त्री बन्ने हो भने अहिलेको प्यारामिटर अझ माथि पुग्छ, तपाईंलाई पनि त्यस्तै लाग्छ ?
तपाईंले पनि सुन्नु भएछ, मैले पनि सुनें भनेपछि उहाँको पक्षमा हावा बगेकै हो, कहिं न कहिं हामी सबैले महतजीलाई अर्थमन्त्री अपेक्षा गरेका पनि छौं । वास्तवमा ग्लोबल इकोनोमीअनुसार प्राइभेटाइजेशन, लिबराइजेशन पोलिसी त उहाँले नै ल्याउनु भएको हो । अन्तराष्ट्रिय क्षेत्रमा पनि उहाँको राम्रो एक्सपोजर छ । म मात्र होइन, धेरै लगानीकर्ताले यस्तै सोंचेका छन् ।
अहिले जुन कम्पनीको सेयर मूल्य उच्च छ, कसैले त्यो मूल्यमा लगानी गर्छ भने रेट अफ रिर्टनले धान्छ ?
छोटो समयमा धान्दैन । अहिले लगानी गर्नेले लामो दृष्टिकोण राखेर गर्नुपर्दछ । यसमा दुईवटा पक्ष छ । मैले चार बर्षपछि कति लाभांश पाउँछु भनेर सोंच्छु, तपाइ पनि चार बर्षमा मैले कति लाभांश पाउँछु भनेर सोच्नुहुन्छ । तर त्यो सोचमा पनि दर फरक हुन्छ । त्यो फरकले सेयर मूल्यमा मार्जिनल डिफरेन्सेस हुन्छ । मैले बढि सोंचे भने ४५० भनौंला, तपाई ३७५ भन्नु होला । प्राइस यसरी प्ले हुन्छ । नाफा कसरी कमाउने भन्ने कुरा भने तपाई र मेरो फरक हुन्छ । आज नबिल बैंकको सेयर २५ सय रुपैयाँ छ, सय प्रतिशत लाभांश दियो भने चार प्रतिशत त नाफा भैहाल्छ । त्यसको जुन इर्फोट आउने हो, त्यसले कभर गर्छ । भोली पाँच प्रतिशत नै व्याज भयो भने सात प्रतिशत रिर्टन आउनेमा लगानी किन नगर्ने ?
तपाईंले बजारमा नयाँ लगानीकर्ताको प्रवेniranjan kumar tiberewal @ bizmandu (6)श भएको छ भन्नुभयो ?
अहिले समाजको एउटा ठूलो तप्कालाई के लागेको छ भने देशको आर्थिक अवस्था राम्रो हुँदै गएको छ, राम्रो हुँदैछ । हामीले यहाँ लगानी गर्यौं भने कमाउँछौं, भन्ने आधारमा लगानीकर्ताको ठूलो समूह यो बजारमा प्रवेश गरेको छ । यसको एउटा गुण के हो भने, यसलाई हामीले नियन्त्रण गर्न सक्दैनौं । बाढीलाई हामीले नियन्त्रण गर्न सक्दैनौं । अहिले लगानीकर्ता त्यो हिसावले आएका छन् । लगानी गरिसकेपछि उसले पनि प्रतिफल पाउनुपर्दछ, प्रतिफल नपाए उ यहाँ निरुत्साहित हुन्छ । यसले पुँजी बजारलाई पनि असर पर्न सक्छ ।
त्यसो भए ती नयाँ लगानीकर्ताको प्राथमिकता केमा छ ?
अहिले धेरै मान्छेले लगानी गरेको सेक्टर बैंक, वित्तीय संस्था, हाइड्रोपावर, र दूरसञ्चार कम्पनी हो । उत्पादनमूलक उद्योगमा लगानीकर्ताको उत्साह छैन । जसले लगानी गरेको छ, त्यो लगानीकर्ताले नाफा त कमाउँछ कमाउँछ । नोक्सानमा दुइ चार प्रतिशत पर्नु बेग्लै कुरा हो । अब नाफा कति कमाउँछ भन्ने कुरा प्रश्न चिन्हमा छ । अहिले धेरैले बैंक तथा वित्तीय संस्थामा लगानी गरिरहेको छ, वित्तीय संस्थामा धेरै लगानी किन भइरहेको छ भने त्यहाँको नियामक निकाय बलियो छ । नियमक निकायका कारण तरलता बढ्ला, बैंकहरुलाई लगानी गर्न गाह्रो पर्ला, नाफा अलिकति कम होला तर जति नाफा हुन्छ त्यो त सुरक्षित हुन्छ । लगानी सुरक्षित छ भन्ने कुरामा अहिले लगानीकर्ता आश्वास्त भएका छन् । अब नाफा पनि हुनसक्ने सम्भावना भएपछि लगानी बढ्ने भयो । नेपालमा लगानीका कारणले बिकास नभएको त होइन । लगानी त छ, मान्छे पनि छ, नलेज पनि छ । समस्या कहाँ छ भने पोलिसिमा छ, कार्यान्वयन पाटोमा छ, पोलिटिकल स्ट्याबिलीटीमा छ । तर पोहोर जस्तो समस्या त अहिले छैन नि । अहिलेको निर्वाचनले त्यो बादललाई फटाल्यो । अब जुन इकोनोमिक पोलिसी आउँछ, सरकारले कम्प्याटिबल हुने खालको ल्याउनै पर्छ । अन्यथा सरकार मुभ नै गर्न सक्दैन, देश चल्न सक्दैन । किनभने हाम्रो पोलिसीलाई गर्भन गर्ने आइएफसी, वल्र्ड बैंक, इनटरनेशनल एजेन्सीहरु पनि पछाडि छन् । दास्रो हाम्रो चेतनाको स्तर धेरै माथि पुगेको छ । युवा जमातको शिक्षा, सोंच र समझ धेरै माथि छ । त्यसैले राम्रो नीति नलिई नहुने अवस्था छ । यो सबै प्यारामिटर पोजेटिभ भएकाले लगानीकर्ता पनि आए, डिमाण्ड पनि बढ्यो, त्यसले सेयर मूल्य बढायो । अहिले एउटा निश्चित के छ भने सेयरमा लगानी गरेको मान्छे नोक्सानमा पर्न सक्छ तर पुरै पैसा डुब्दैन् ।
तरलता बढ्दो छ, बैंकको मुनाफा संकुचित हुँदै गएको छ, यस्तो बेला बैंकिङ्ग क्षेत्रमा गरिएको लगानी प्रतिफलमुखी हुनसक्छ ?
अब नेपालमा पाँच/छ बाणिज्य बैंक मर्ज गर्नैपर्छ । नत्र बैंकले स्थिर वृद्धि गर्न सक्दैन । उनीहरु मर्ज भएनन् भने ‘टेक्निकल ब्याकअप’का लागि चाहिने कुरा पुग्दैन । मर्जका लागि नियामक निकाय राष्ट्र बैंकले पनि सपोर्ट गरिरहेकै छ तर त्यसलाई कसरी इन्ट्रिग्रेट गर्ने, त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय लिन सकिरहेको छैन् । अहिले बैंक र वित्तीय संस्था पारिवारिक दायरा भित्र छ । तपाई हामी पनि आफ्नो ग्रिपमा भएको कम्पनी छोड्न सकिरहेका छैनौं । इन्टिग्रिटेड अप्रोच आइदियो भने पाँच/छ वटा मर्ज हुन्छ । होइन भने उनीहरुलाई मर्ज गर्न हाम्रो अर्थतन्त्रले पनि फोर्स गर्छ । इकोनोमीले फोर्स गरे पछि कि त डुब्नु पर्यो कि त बन्नु परयो । डुब्न त कोही चाहदैन् भनेपछि बन्ने मोडालिटिज बन्छ । त्यस कारण ठुलो बैंकहरु मर्ज हुने वित्तकै सेयरको भ्यालु झन् बढ्छ । त्यसपछि अप्सनल फाइनान्सियल सर्भिसेजमा अहिलेसम्म काम भएको छैन । कुनै बेला एउटा बैंकको पुँजी एक करोड ८० लाखको हुन्थयो, ५० लाख कमाइरहेको थियो । त्यो बैंकले अहिले दुई सय करोड कमाउँछ भन्ने सोच्नै सक्दिन्थे । तर अहिले सोच पनि आएको , ग्रोथ पनि भएको छ । एसबीआई बैंकको सेयर १३ बर्ष अघि मैले २१ सयदेखि २५ सयमा किनेको हो । त्यो मैले व्यवस्थापनमा प्रवेश गर्ने हिसाबले किनेको हुँ । पछि त्यो घटेर १६ सय पनि भयो । तर २१ सयमा किने पनि आज मलाई नोक्सान छैन । भनेपछि आज सेयर किन्नु महंगो होला तर चार/पाँच बर्ष पछाडी गएपछि त्यो सब्सडाइज हुन्छ । त्यसैले मैले संधैभरी भन्ने गर्छु लामो अवधिको लगानी । कुनै बेला अप एण्ड डाउन भए पनि दिर्घकालमा गएर त्यसले प्रतिफल दिन्छ, नोक्सान हुँदैन । संस्था राम्रो होस्, व्यवस्थापन राम्रो होस्, निक्षेप राम्रो होस् । पैसा त कसैको डुबेको छैन् नी । बीचमा बजार घटे पनि आज त हामी डुबेका छैनौं नि ।
बासेल टु लागु हुने कुराले बैंकहरुको मूल्य बढेको हो भनिएको छ, के यही कारण हो ?
इन्टरनेशन कमिटिले बैंकहरुको नियमनको लागि बनाएको नियम हो, बासेल थ्री । यो पाटो अहिले थाँती राखौं । तर अहिले बैंकहरुमा जुन पूँजी छ के त्यो पर्याप्त छ ? बैंकले आफ्नो कार्य क्षमता वृद्धिको लागि पूँजी वृद्धि गर्नैपर्छ । नियमक निकायले नभने पनि त्यो गर्नैपर्छ । चार, पाँच वटा बैंक अहिले मर्ज हुनपर्ने अवस्था आएको छ । अहिले बैंकहरुसंग भएको दुई अर्ब, तीन अर्बको पुँजीले टेक्निकल ब्याकअप भएको इन्टरनेशनल बैंकसंग कसरी कम्पिट गर्न सकिन्छ ? हाम्रा बैंकहरुले भारतमा नसक्लान तर कम्तिमा पनि दक्षिण एसियामा गएर काम गर्न सक्ने क्षमताको बनाउनु पर्ने बेला भएन ? नेपालमै बसि रहने हो भने मनि लेण्डर र बैंकबीच के फरक हुन्छ ? उसले त बैंकिङ गर्नुपर्छ । देश बाहिर पनि जानु पर्यो । त्यसको लागि एक्स्पोजर पनि चाहियो, टेक्निकल ब्याक अप पनि चाहियो । यो दुई चार अर्बको पूँजीले टेक्निकल ब्याक अप नै कायम हुनसक्दैन । दुई अर्ब पूँजी भएको बैंकले आफ्ना स्टाफलाई ग्लोबल ट्रेनिङ समेत दिन भ्याउदैन । उनीहरुलाई त्यो लेभलमा पुग्न दुई अर्ब, पाँच अर्ब पूँजीले पुग्दैन् । बासेल थ्री अनुसार पाँच अर्ब पूँजी पुर्याउनु पर्ने नियमनको लागि मात्रै हो । लार्जर साइजमा ग्रो गर्ने हो भने बैंकले मर्ज गर्नैपर्छ । दश अर्बको पूँजी भयो भने बंगलादेश वा श्रीलंकामा पुगेर शाखा खोल्न सकिन्छ । बैंक भनेको सर्भिस सेक्टर हो । आज श्रम बजारमा हामी श्रमिक पठाएर कमाउन सक्छौं भने बैंकिङ सेवा दिएर हामीले किन नकमाउने ?
हामीले बीचमा एउटा स्टोरी गर्यौं बीमा समूहको वृद्धि बारे । हामीले त्यति खेर बीमामा गरेको तपाईको लगानी जोखिममा त छैन भनेर । तपाई के देख्नु हुन्छ ?
म नन लाइफको कुरा गर्छु । नन लाइफमा मेरो जुन मोडालिटी छ त्यो बाटो भोली सरकारले खोलिदिने हो भने इन्स्योरेन्स कम्पनीको सेयर यो मूल्यमा पनि पाइदैन । मैले बीमा समितिको अध्यक्षलाई पनि भनेको छु । यो क्षेत्रसंग सम्बन्धित अरु साथीलाई पनि भनेको छु । चार÷पाँच इन्स्योरेन्स कम्पनी मर्ज गर्नुपर्छ । सबैले मिल्ने गरेर म्यानेजमेन्टको मोडालिटी, बोर्डको कम्पोजिसन म दिन्छु । त्यसपछि सरकारले त्यसलाई दिनुपर्ने मोटिभेस्नल वे आउट हो । त्यो इन्टिग्रेटेड अपरोच आउने हो भने अहिले नेपाली बीमा कम्पनीको सेयर १५ सय दुई हजारमा किने पनि नोक्सान हुने छैन । नन् लाइफमा त जोखीम छैन । मैले लाइफ इन्स्योरेन्सको स्टडी गरेको छैन । तर लाइफमा पनि जोखिम छैन ।
तपाई संस्थागत सुशासनको पक्षको लागि लड्नुहुन्छ, तर तपाई सञ्चालकमा रहेकै एभरेष्ट इन्स्योरेन्समा समस्या आयो नि ?
एभरेष्टमा चार समूह छ । मेरो बढि लगानी त छ तर पनि म त्यहाँ माइनोरिटीमा छु । जग्गा किन्ने बिषयदेखि नै त्यहाँ मेरो विवाद पर्यो । त्यो विवाददेखि तीन समूह एकातिर लागे म अर्को तिर भएँ । कतिपय बोर्डको माइनुटमा मेरो दस्तखत छैन । निर्णयहरु बहुमतले पारित गरे हुने व्यवस्था कम्पनी ऐनमा छ । यो हाम्रो कानूनको त्रुटी हो । कति पटक मैले बैठकमा नोट अफ डिसेन्ट लेखेको छु । कम्पनी ऐनले पनि नोट अफ डिसेन्ट लेख्न पाइने उल्लेख छ । तर त्यो नोट अफ डिसेन्टको सुनवाई कसले गर्ने ? कम्पनी सुशासनमा चल्न सकेन । आज त्यो कम्पनी कहा पुग्न पर्ने हो । कहाँ अल्झिएको छ । हामीले जहिले बीमा कम्पनी खोल्यौं, बीमा समितिले त्यतिखेर बोर्डले नियुक्त गरेको एक जना व्यक्ति सञ्चालक हुनुपर्छ भन्ने व्यवस्था गरेको थियो । अर्थमन्त्रालयका उपसचिव सरहको व्यक्ति एकजना एभरेष्टको सञ्चालकमा हुनुहुन्थ्यो । त्यति खेरसम्म बोर्डमा यस्ता अनियमितता हुन पाएन । तर पछि कि त मैले त्यो कम्पनीबाट सेयर बेचेर हिड्नु पर्यो । त्यसो नगर्दा मेजोरिटीले निर्णय गर्दा मैले नोट आफ डिसेन्ट लेखेर बस्नु पर्ने अवस्था आयो । केही नलागे पछि म एउटा सञ्चालक भएको दायित्वले मैले बीमा समितिमा पनि पटक पटक यस बारेमा भनें । अहिले बीमा समितिमा गएर हेर्नुस मैले त्यहाँ कति उजुरी गरेको छु । कम्पनी रजिष्ट्रार कार्यलयमा समेत उजुरी गरेको छु । तर सुनवाई नभइसकेपछि दिनभरी धाउन त मलाई पनि समय हुदैन नि । बीमा समितिले अहिले टेकओभर गर्नुको सट्टा पहिले नै गर्नुपर्दथ्यो । एक महिना भित्रै निर्णय गर्नुपर्दथ्यो । मैले त्यही बेला भनेको पनि थिएँ, जो व्यक्तिले ऐन बाहिर गएर काम गरेको छ उसलाई कारवाही गर्नुस् तर कम्पनीलाई खोल्नुस् । कम्पनीलाई नै बन्द गरेर कारवाही गर्न मिल्दैन । त्यहाँ समितिको गल्ति भयो । व्यक्तिले गरेको गल्तिको सन्दर्भमा कम्पनीलाई कारवाही गर्न मिल्छ ? अन्त्यमा समितिले फेरी कम्पनीलाई नै आदेश दियो कि कम्पनी ऐन अनुसार सम्बन्धित सञ्चालकलाई कारवाही गर भनेर । कारवाही गर्ने कसले जब बोर्ड नै उनीहरुको छ ।
कुनै समय अग्रस्थानमा रहेको यो कम्पनी राम्रोसंग चलिरहेको भए अहिले कम्पनीले धेरै प्रतिफल दिने रहेछ नि ?
त्यहा अरु पनि धेरै बिकृती भएको छ । सुक्ष्म रुपमा विश्लेषण गरियो भने थाहा हुन्छ । पछि कतिसम्म भयो भने बोर्डमा छलफलका बिषय नै ल्याउन छोडियो । बोर्डलाई कुनै कुराको जानकारी नै नदिने, बोर्ड माइनुट पनि आफुखुशी गर्ने । यी कुरा त नियमक निकायले त्यही समयदेखि हेर्नुपर्ने हो ।
कम्पनीमा भएको खास समस्या के हो ?
यो एउटा व्यक्तिको इगो हो । नियमक निकायले टेक ओभर नगरेको भए त हाम्रो लगानी डुबेको थियो । अब लगानी कसले डुबाउने काम गर्यो, जसको इन्टेन्सन थियो, जवाफ उसैले दिनुपर्छ । यो मेरो दुर्भाग्य हो । आज म सोल्टि होटेलमा पनि सञ्चालक छु, त्यहाको जस्तो कर्पाेरेट गभर्नेन्स कहिं छैन ।
जस्तो तपाईंले व्यवस्थापन सम्हालेका कम्पनीका कुरा गर्दा, तपाईं एसबीआई बैंकमा हुनुहुन्छ, यसको भविष्य के ?
म एसबीआई जाने बेलामा सेयरको मूल्य चार सय हाराहारीमा थियो । तीन वर्षको अवधिमा सेयर मूल्य बढेर एक हजार रुपैयाँ भयो । बजार नबढेको भए पनि आठ सय रुपैयाँ पुग्थ्यो । मैले त्यहाँ हरेक बर्ष बोनस सेयर दिने, लाभांस नियमित गराएँ । तर त्यसले पनि मलाई अझै चित्त बुझेको छैन । यसपालीको तीन महिनाको नाफा २२ करोड भयो । मैले एसबीआईका लागि पूरै योजना बनाएको छु, त्यो योजना एसबीआई भारतलाई पनि दिएको छु, नेपालको व्यवस्थापनमा पनि राखेको छु । यदी मैले दिएका सुझाव उनीहरुले माने भने, भोली बैंकहरुको भीडमा यो लिडिङ बैंक हुन्छ । पोलिसी र भिजन मैले दिन सक्छु । त्यो पोलिसी र भिजन एसबीआई बैंकले अपनाउन पर्छ, उनीहरुसँग प्राविधिक रुपमा, वित्तीइ रुपमा ब्याक अप छ । मैले बैंकमा शतप्रतिशत जनताबाट समर्थन पाइहाल्छु । त्यो पाएपछि मेरो नीति लागू हुन्छ । त्यो योजना लागू भएपछि नाफा मलाई पनि आउँछ, जनतालाई पनि आउँछ । कम्पनी बलियो भएपछि राष्ट्र बैंकले पनि पाउँछ । आज तीन महिनामा २२ करोडको नाफा आयो, अब हेर्नूस मैले भने जस्तो हुँदै गए, तीन बर्षमा दुई सयभन्दा बढि नाफा नाघ्छ । म लगानी मात्र गर्दिन्, म त्यो संस्था कसरी बलियो बनाउन सकिन्छ भन्नेतर्फ पनि केन्द्रित हुन्छु ।
हाम्रो अन्तर्वार्ताको सुरुमा तपाईले भन्नु भयो कि निर्मल प्रधानले ऋण लिएर रिक्स लिनुभयो, त्यसको अर्थ तपाई आफ्नो पुँजी मात्रै लगाउन सल्लाह दिनुहुन्छ ?
म इक्विटी इन्भेष्टमेन्ट ऋण लिएर गर्नुपर्छ भन्दिन । क्यापिटल मार्केटमा सेयर टे«डिङ पनि एउटा प्रडक्टका रुपमा आयो, यसमा ऋण लिएर लगानी हुन थाल्यो । तर म इक्विटीको रुपमा ऋण लिएर लगानी नगर्न सुझाव दिन्छु । अब कुनै संस्थाको ५/१० प्रतिशत सेयर लिनु पर्यो भने ऋण लिएर लगानी गर्नु हुँदैन । त्यहाँ आफ्नो व्यवस्थापकीय सोंच हर्नुपर्दछ । सेयर लिएर एक करोड दुई करोड कमाउँछु भन्ने एउटा भो, त्यही संस्थामा लामो समयसम्म बस्छु भन्ने अर्का सोच हो । लामो समय बस्छु भने त्यो इक्विटी भयो । आज म लगानी गरेर तीन बर्षपछि बेच्छु भन्यो भने त्यो ट्रेडिङ नेचर भयो । इक्विटी नेचरमा लामो समयका लागि जानुछ भने ऋण लिएर जानु हुँदैन् । सर्ट टर्ममा जाँदा पनि धेरै ऋण लिएर जानु हुँदैन् । किनभने जुन बेला क्यापिटल मार्केट खस्क्यो, त्यतिवेला निर्मल प्रधानलाई समस्या पर्यो । ऋण लिएर लगानी गर्ने धेरै साथीहरु त्यतिवेला समस्यामा परे । मैले पनि त्यतिवेला सेयर धितोमा राखेर अन्य व्यापार व्यावसायका लागि ऋण लिएँ । व्याजदर पनि सस्तो थियो । तर पछि त्यो ह्वात्तै १५ प्रतिशतभन्दा बढि भयो । १५ प्रतिशत व्याज भनेको सानो कुरा होइन । सेयरको मूल्य ठ्याक्कै घटेर ५० प्रतिशतभन्दा कम भयो । राम्रो सेयर पनि मैले ऋण तिर्नका लागि बेच्न पर्यो ।
निर्मल प्रधानले ऋणमा लगानी गरेर जोखिम लिनुभयो, तर तपाईले ऋण लिनु भएन ? तर अहिले दुवै एकै स्थानमा आइसक्नु भएको छ । त्यसो भए अब कुन सिद्धान्त सही हो ?
उहाँले पनि व्यवस्थापन हातमा लिने गरी मेरै सिद्धान्तमा लगानी गर्नुभयो । एभरेष्ट बैंकमा पुरै लगानी गर्नुभयो, व्यवस्थापनमा समेत दख्खल दिनुभयो । त्यस्तै, उहाँले स्ट्याण्डर्ड चार्टर्डमा पनि लगानी गर्नुभयो, म्यानेजमेन्टमा पनि रुची राख्नुभयो । व्यवस्थापन भनेको डाइरेक्टर मै जानु पर्छ भन्ने छैन् । त्यही बेला सस्तो व्याजमा ऋण पाएकाले जग्गामा पनि लगानी गर्नुभयो । जग्गामा गरेको लगानीले उहाँलाई सेयरमा भएको लगानीलाई डुब्नबाट बचाइदियो । उहाँको धेरै रिस्क लिने मान्छे हो । त्यति रिस्क लिन म सक्दिन । तर उहाँले लगानीका लागि बान्की मिलाउनु भएन्, एनसीसी बैंकमा जानुभयो, त्यहाँ पाँच÷दश हजार कित्ता सेयर लिएर गएको होइन । हाइड्रोपावरमा त्यसैगरी लगानी गर्नुभयो । तर अहिले पासा ठ्याक्कै पल्टियो । पहिले जति नेटवर्थ थियो त्यति नै नहोला तर उ बाँच्यो नि । उ सरभाइभल भयो । उ इन्साइडर गरेर कमाउने व्यक्ति पनि होइन । लगानी हेर्नुभयो भने उहाँले जहाँ लगानी गरेको छ, त्यहाँ पुरै लगानी हुन्छ ।
@www.bizmandu.com