हचुमासा सामुदायिक वनको २४ औं सभा सम्पन्न

२९ आश्विन २०७७, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २४औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सन्त मगरले गरेका थिए ।

कार्यक्रममा गत आर्थिक वर्ष ०७६÷०७७को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष लोहारले, आन्तरिक लेखा परीक्षण प्रतिवेदन कार्यालय सचिव श्रीप्रसाद नेपालले र चालु आर्थिक वर्ष ०७७÷०७८को वार्षिक कार्यक्रम कोषाध्यक्ष अम्बरबहादुर सुब्बाले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्ष ०७६÷०७७मा ९७ लाख ५० हजार ८७ रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षको लागि अनुमानित एक करोड २५ लाख ५८ हजार सात सय ८० रुपैयाँ ४० पैसा बराबरको कार्यक्रमहरु उल्लेख गरिएको छ ।

जसअनुसार समूहले वन विकासमा २९ लाख ४२ हजार चार सय ८८ रुपैयाँ ५७ पैसा, गरिबी न्यूनिकरणमा ४१ लाख १९ हजार चार सय ८३ रुपैयाँ ४४ पैसा, प्रशासनिक खर्चमा १७ लाख ६५ हजार चार सय ९२ रुपैयाँ ९० पैसा, काठ, दाउरा संकलन खर्चमा ११ लाख ७६ हजार नौ सय ९५ रुपैयाँ २७ पैसा, सामाजिक विकास खर्चमा १० लाख ५९ हजार दुई सय ९५ रुपैयाँ ७४ पैसा, कर व्यवस्थामा सात लाख ८८ हजार आठ सय २७ रुपैयाँ २३ पैसा, भैपरी तथा विपद् व्यवस्थापनमा एक लाख १७ हजार छ सय ९९ रुपैयाँ ५७ पैसा र साझेदारी कार्यक्रममा पाँच लाख ८८ हजार चार सय ९७ रुपैयाँ ६८ पैसा विनियोजन गरेको छ ।

कार्यक्रममा वडाध्यक्ष गजाधर खतिवडा, कनकाई सब डिभिजन कार्यालयका रेन्जर राजेश घिमिरे, राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, पूर्व अध्यक्ष वीजेन्द्रकुमार एक्तेन, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडाका प्रतिनिधि वेनुकुमार राई, नेपाली काँग्रेस वडाका प्रतिनिधि चन्द्र प्रसाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रभा भण्डारी नेपालले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here