१३ औं वार्षिक साधारणससभा सम्पन्न

0
712

बिनोद पाण्डे / चारपाने।

पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्राईभेट लिमिटेडले १३ औं वार्षिक साधारणससभा सम्पन्न गरेको छ ।

झापाको विर्तामोड नगरपालिका वडा नं. २, चारपानेमा रहेको यस प्र।लि।ले अध्यक्ष, लेखा समितिको बार्षिक प्रतिवेदन र यस आर्थिक बर्षको गतिविधीहरु, भावी नीति तथा कार्यक्रमलाई शेयर सदस्यहरुले सर्वसम्वत पास गरेका छन् ।

कम्पनीले आर्थिक बर्ष ०७७र०७८ को अनुमानित बजेट प्रस्थाव गरेको छ । प्रस्थावित बजेट ५ लाख ७३ हजार रहेको छ ।

थोरै थोरै पुजीलाई एकै ठाउँ जम्मा गरेर कम्पनी द्वारा विभिन्न शेयर बजारमा लगानी गरेर नाफा कमाउने र कमाएको केही रकम समाजसेवाका लागि खर्च गर्ने उदेश्यले २०६५ सालमा संस्था स्थापना गरिएको थियो । हाल संस्था लगानीकै क्रममा रहेको अध्यक्ष डिल्लीराम सिटौलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

शुक्रबार चारपाने सामुदायिक भवनमा आयोजित साधारणसभामा संस्था स्थापनाका परिकल्पनाकार हालका सल्लाकार संयोजक महेन्द्र गिरीलाई सम्मान गरिएको छ । गिरीलाई दोसल्ला, सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । गिरी हालै नेपाल सरकार राष्ट्रपति कार्यालयबाट यस बर्ष समाज सेवा रत्नबाट सम्मानित हुने भएका छन् ।

यसै सन्दर्भमा परिकल्पनाकार गिरीलाई प्राप्तहुने राष्ट्रिय सम्मानले कम्पनिको पनि गौरव पढेको भन्दै गिरीलाई बधाई, शुभकामना सहित सम्मान गरिएको संस्थाका संचालक सदस्य कार्यक्रम संचालक केशवप्रसाद ओझाले बताए ।

संस्थाका अध्यक्ष डिल्लीराम सिटौलाको अध्यक्षतामा आयोजित साधारणसभाको प्रमुख अतिथिको आतिथ्यता प्रा लि। का संस्थापक अध्यक्ष मुकुन्दराज ढुंगानाले गरेका थिए ।
कार्यक्रममा लेखा समिति संयोजक रुपक दाहालले संस्थाको वर्तमान अवस्था र भावी लक्ष, सुझाव सहित लेखा प्रतिवेद प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व सल्लाहकार संयोजक राम सिटौला, संचालक समित सदस्य नरहरी न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दुई करोड पुँजी रहेको पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्राईभेट लिमिटेडमा ५० जना शेयर सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here