प्रदेश प्रमुख प्यासीद्वारा प्रदेशवासीमा शुभकामना सम्देश

१ कार्तिक २०७७, शनिबार मा प्रकाशित

झापा,

प्रदेश नम्वर १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालीहरुको महान चार्ड विजया दशमी, शुभ– दिपावली , नेपाल सम्मवत र छठ पर्वले पारस्पारिक सद्भाव र सु–सस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख ‘प्यासी’ले विभिधता भित्र एकता भएको प्रदेश १ मा धार्मिक , सामाजिक र सास्कृतिक सद्भावना पाइने भन्दै चाडपर्बले आपसी, सामाजिक सदाचार, मेलमिलाप, भाइचारको सम्वन्धलाई अझ प्रगाढ बनाउनेमा आफू आशावादी रहेको उल्लेख गर्नु भएको छ ।

शुभकामना सन्देशमा भनिएको छ – बर्तामान परिपेक्षमा कोरोना भाइरस कोभिड १९ ले आक्रान्त पारिरहेको अवस्थामा हामी हाम्रा चाडपर्व मनाउन गइरहेका छौं तसर्थ हामीले अत्यन्तै सजग हुनु आवश्यक छ । हाम्रो सानो लापरवाहीले ठूलो जोखिम सृजना हुनसक्छ, हामी बाँचे भोलिका दिनमा चाडपर्व मनाउन पाइन्छ,आर्शीवाद ग्रहण गर्न पाइन्छ त्यसैले आर्शीवाद ग्रहणका लागि घरमै बसी सञ्चारका साधन र प्रविधिको उच्चतम प्रयोग गरुम भनिएको छ ।

प्रदेश प्रमुख प्यासीले विजया दशमी, शुभ– दिपावली , नेपाल सम्मवत र छठ पर्वको अवसर पारेर देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सु स्वास्थ्य दीर्घायू, सुख शान्ति, समृद्धि एवम् प्रगतिको कामना समेत गर्नु भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here