झापामा बलात्कार विरुद्ध किशोरीहरुको प्रर्दशन

0
1439

रोशन भट्टराई, झापा ।

दिनप्रतिदिन महिला हिंसा बढ्को भन्दै झापाको बुद्धशान्ति गाँउपालिकाका दुई स्थानमा महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ ।

वर्ने चौक र बुधबारे चौकमा शनिबार किशोरीहरुले प्रदर्शन गरेका हुन् । स्वस्फूर्तरुपमा सहभागिता जनाएका उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

बुधबारे बजार परिक्रममा गरि इलाका प्रहरी कार्यालय अघि कोण सभामा परिणत भएको थियो । ¥यालीमा आत्मरक्षा कसरी गर्ने भनी सडक नाटक समेत प्रस्तुत गरिएकोे बताइएको छ ।

सडकमा चर्को नाराबाजी समेत गरेका उनीहरुले अति भयो अब त पाउनै पर्छ सजाय बलात्कारीले भन्ने नारा लेखिएको व्यानर बोकेका थिए । साथै युवतीहरुले घरभित्र र बाहिर हुने सबै प्रकारका महिला हिंसा, बलात्कार, एसिड प्रहार लगायतका हिंसाविरुद्ध प्लेकार्ड प्रदर्शन गरिएका थिए ।

कोणसभामा प्रियंका सुवेदीले महिला हिंसा विरुद्ध कविता समेत वाचन गरेकी थिइन् भने सुमी कार्की र टिमले आत्मरक्षा सम्बन्धी नाटक प्रस्तुत गरेका थिए । त्यस्तै रोश्नी कार्की, जोस्ना गौतम, स्वस्तिका पौडेल, कृष्टिना श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वस्तिक राई लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।

विरोधस्वरूप कालो पोशाक लगाएर प्रदर्शनमा सहभागी भएका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय बुधबारेका सुरक्षाकर्मीले साथ दिएका थिए । त्यस्तै वर्नेमा पनि चर्को नाराबाजाका साथ सडकमा प्रदर्शन गरिएको बताइएको छ । यता बिर्तामोडमा समेत आज बिहान महिला हिंसा विरुद्ध किशोरीहरुले प्रर्दशन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here