कोभिडको महामारीमा पनि खुद्रा सहकारीको नाफ बढ्यो

0
1150

दुधे ।

शिवसताक्षी नगरको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले निक्षेप र कर्जाको व्याजदर परिमार्जन गर्ने भएको छ । शनिबार सहकारीको आफ्नै सभाहलमा १४ औ वार्षिक साधारण सभाको उद्धघाटन कार्यक्रममा अध्यक्ष नारायणप्रसाद बजगाईले निक्षेप र कर्जाको व्याजदरमा समायोजन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

कोरोना भाईरसका कारण मुलुकको आर्थिक अवस्था दयनीय हुन थालेपछि त्यसको प्रभावमा परेका सेयर सदस्यलाई सहुलियत दिने उद्धेश्यले व्याजदर समायोजनको प्रस्ताव गरिएको अध्यक्ष बजगाँईले बताएका छन् । सहकारीले कर्जामा सदस्यबाट महँगो ब्याज लिने र सदस्यलाई थोरै मात्र निक्षेपमा ब्याज दिने गरेको भन्दै आलोचना भइरहेका बेला खुद्रा बचत तथा ऋण सहकारीले ब्याज दर हेरफेरको प्रस्ताब साधरण सभामै लगिएको अध्यक्ष बजगाईले बताए ।

सहकारी विभागले पनि सहकारी संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदरको सीमा तोकेको छ । निक्षेपको हकमा विभागले निक्षेप र ऋणको ब्याजदरको अन्तर वा स्प्रेड दर ६ प्रतिशतमा कायम गरेको छ । यसरी सीमा तोकिएपछि अब सहकारी संस्थाहरूले कर्जामा १४ं.७५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् भने निक्षेपमा बढीमा ११ प्रतिशत मात्रै ब्याज दिन पाउने छन् । अध्यक्ष बजगाईले ११ प्रतिशत निक्षेप र कर्जामा १४.७५ प्रतिशत मात्र नयाँ ब्याजदरको प्रस्ताब गरेका छन् । यस अघि कर्जामा १६ प्रतिशत र निक्षेपमा १२ प्रतिशत ब्याज सहकारीले असुल र भुत्तानी दिने गरेको थियो । ब्याजदर समायोजनको प्रस्ताव अध्यक्षले ल्याएपछि सेवाग्राहि सदस्यले आर्थिक राहत महसुस गरेका छन् ।

साधरण सभाको उद्धघाटन कार्यक्रम सहकारीको कार्यलय भवनको सभाहलमा भएपनि १० वटा सभाकेन्द्रबाट सदस्यको राय सुझाव संकलन गर्ने कार्यक्रम रहेको संस्थाका व्यवस्थापक भिम लक्समले जानकारी दिए । उनका अनुसार असोज ५ गते सम्म विभिन्न केन्द्रबाट संस्थाको आर्थिक प्रगति प्रतिवेदन र अध्यक्षले निणायार्थ प्रस्तुत गरेका प्रस्ताव उपर सुझाव संकलन गर्ने कार्यक्रम छ ।

संस्थाको लेखा समितिका संयोजक गोविन्द काफ्लेले प्रस्तुत गरेको लेखा प्रतिबेदनमा कुल बासलात ९ करोड ९९ लाख १६ हजार २ सय २४ रुपैँया १९ पैसा रहेको छ । गत आर्थिक बर्ष ०७६÷०७७ मा १ करोड ३४ लाख ६९ हजार ७ सय ६६ रुपैंयाँ ८४ पैसा आम्दानी गर्दा ९८ लाख २५ हजार ६ सय ८९ रुपैयाँ खर्च भएको प्रतिबेदनमा उल्लेख छ । गत वर्षको आर्थिक प्रतिबेदनलाई हेर्दा कोभिडका कारण थलिएको खुद्रा सहकारीको नाफा बढेको देखिन्छ ।

सहकारीले कोरोनाका कारण लकडाउनमा परेर आर्थिक अवस्था खस्कीएका सदस्यहरुको १ लाख ८६ हजार १ सय ९ रुपैयाँ कर्जाको ब्याज छुट दिएको छ । लेखापाल लोकेश खनालका अनुसार सरकारले तोकेको तीन महिनाको ब्याज सदस्यलाई छुट दिईएको हो ।

सामाजिक उत्तरदायीत्व बहन गर्ने कार्यमा क्रियाशिल खुद्रा बचत तथा ऋण सहकारी संस्थाले कोभिडको महामारीका बेला स्थानीय सरकारलाई गरेको योगदानको कार्यक्रमका प्रमुख अतिथी शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले मुक्त कण्ठले प्रसंशा गरे । उनले भने, ‘तीन तहकै सरकार अप्ठेरोमा परेर महामारी थेग्न नसकिरहेका बेला खुद्रा सहकारीले गरेको सहयोग नगरपालिकाको लागि महत्वपुर्ण छ ।’ सहकारीले नगरको कोरोना कोषमा ५१ हजार १ सय रुपैयाँ जम्मा गरेको थियो भने कनकाई नदिको कनकाई मुक्तिघाटमा स्ट्यान्ड सहितको २ हजार लिटर अटाउने खानेपानि ट्याँकी प्रदान गरेको थियो ।

सहकारीमा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई साधरण सभाको अवसरमा सम्मान समेत गरिएएको छ । नगद २ हजार ५ सय पुरस्कार सहितको सम्मान बचत र कर्जा तर्फका देवेन्द्र जवेगु, मनवहादुर कार्की, अम्बिका प्रधान र रिता देवी हजामले पाएका छन् । यस्तै गत वर्षको एसइइमा सामुदायीक र संस्थागत तर्फका विद्यालयबाट उत्कृष्ट जिपीए ल्याउने सदस्यका ४ जना छोरा छोरी सचिन राजबंशी, विद्या सिग्देल, विनिसा पाण्डे र विसाल तामाङ्गलाई नगद २ हजार ५ सय सहित सम्मान गरिएको छ । यस्तै जेष्ठ नागरिक सदस्य वृहस्पती प्रसाई, प्रेमप्रसाद ढकाल, धनकुमारी न्यौपाने र भवानी देवी खडकालाई पनि २ हजार ५ सयका दरले ४ जनालाई सम्मान गरिएको छ ।

यस्तै संचालक समितिका पूर्व अध्यक्ष सन्तोष कुमार मैनाली, लेखा समिति का पुर्व संयोजक श्रीप्रसाद खरेल, सदस्य दुर्गा प्रसाद भट्टराई, दिपक गिरी, हरि कुमार थापा, आशाकुमारी तामाङ्गलाई सम्मान गरिएको छ । नगर प्रमुख शेर्माले सम्मान पत्र सहित सबैलाई बधाई दिंदै सम्मान गरेका थिए ।

सहकारीका लेखापाल लोकेश खनालले सहजीकरण गरेको सभामा आमन्त्रीत अतिथी र सदस्यलाई उपाध्यक्ष जापान थेवेले स्वागत गरेका थिए । कार्यक्रममा सतासीधाम बहुमुखी क्याम्पसका प्रमुख उमानाथ दाहाल र सम्मानित पुर्व अध्यक्ष सन्तोषकुमार मैनालीले सभाको सफलताको शुभकामना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here